Wednesday 8th April 2026

सिंगापुरमा अनुष्काको बोल्ने मुर्ति


तितोपाटी – अनुष्का चाँडै नै सिंगापुरको मेडम तुसाद म्युजियममा देखिँदैछिन् । अनुष्काको यहाँ एउटा अनौठों मूर्ति बन्नेछ, जुन मूर्ति अन्य मैन मूर्ति भन्दा भिन्न हुनेछ । मेडम तुसाद म्यूजियममा ख्याती कमाएका र समाजका लागि राम्रा काम गरेका व्यक्तिहरुको मैन मूर्ति राखिन्छ । अनुष्काको ख्यातीलाई देखेर सिंगापुरको म्युजियमले अनुष्काको मूर्ति राख्ने निर्णय गरेको हो । तर अनुष्काका मूर्ति अरुको भन्दा भिन्न रहनेछ, कारण अनुष्काको यो मूर्ति बोल्ने छ । म्युजियमले एउटा नयाँ फिचर अनुष्काको मूर्तिमा जोडेको छ।

सिंगापुरको मेडम तुसाद म्युजियममा ओपरा विन्फ्रे, क्रिस्टियानो रोनाल्डो, लेविस हैमिलटन जस्ता ठूला स्टारका मैन मूर्ति राखिएका छन् । तर यीभन्दा भिन्न अनुष्काको मूर्तिले आफ्ना फ्यानसँग पनि कुरा गर्नेछ । मूर्तिमा अनुष्काको हातमा एउटा फोन पनि हुनेछ । सिंगापुरको यो म्युजियमको भ्रमणमा गर्नेमा अधिकतम् भारतीय पर्यटक रहने गरेका छन् ।

बलिउड अभिनेत्री अनुष्का शर्मा छोटो समय उचाइ हासिल गर्ने अभिनेत्रीका रुपमा चिनिन्छिन् । बलिउडका हरेक ठूला स्टारसँग काम गर्दै आएकी अनुष्काले सानादेखि ठूला भूमिकासम्ममा पनि चर्चा कमाउँदै आएकी छिन्।

दुई हप्ता पहिला सार्वजनिक ‘सञ्जु’मा अनुष्का छोटो भूमिकामा छिन् तर यहाँ पनि उनले आफ्नो भागमा दर्शकको माया कमाउन सफल भएकी छिन् । छोटै भए पनि फिल्ममा उनको भूमिका दर्शकले रुचाएका थिए ।

अभिनयसँगै निर्माणमा समेत सहभागी हुँदै आएकी अनुष्का तत्काल भने फुर्सदमा छिन् । यही कारण उनी अहिले क्रिकेटर पति बिराट कोहलीसँग बेलायत भ्रमणमा छिन् ।


सम्बन्धित शीर्षकहरु

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

कुवेतको विद्युत, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले अप्रिल ५ देखि ११, २०२६ सम्म देशका विभिन्न क्षेत्रमा प्रत्येक दिन ४ घण्टाको…

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

प्रतिकृयाहरू
...