Saturday 21st March 2026

संसदमा चिकित्सा शिक्षा विधेयक पेस हुँदै


प्रतिनिधिसभाको आजको बैठकमा चिकित्सा शिक्षा विधेयक पेस हुँदैछ ।

शिक्षा मन्त्रालयले गत शुक्रबार संसदमा दर्ता गराएको विधेयक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले आजको बैठकमा पेस गर्ने कार्यसूची रहेको छ ।

सरकारले दोस्रो पटक चिकित्सा शिक्षा विधेयक पेस गर्न लागेको हो । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

राष्ट्रपतिबाट वैशाख १३ मा जारी अध्यादेश निष्क्रिय भएपछि सरकारले पुनः नयाँ प्रक्रियाबाट नयाँ विधेयक अघि बढाएको हो । संसद बैठकमा काँग्रेस सांसद गगनकुमार थापाले दर्ता गराएको बिरोधको सूचना समेत निणयार्थ प्रस्तुत हुनेछ ।

अध्यादेश निष्क्रिय हुनु ५ दिनअघि गत असार १५ गते सरकारले प्रतिस्थापन विधेयक संसदमा दर्ता गरे पनि असार १७ को बैठकमा काँग्रेसले विरोध जनाएपछि अघि बढ्न सकेको थिएन ।

डा. गोविन्द केसी अध्यादेशमा भएको व्यवस्था हुबहु विधेयकमा राख्नुपर्ने मागसहित जुम्लामा अनशनरत छन् । तर, सरकारले परिमार्जनसहित विधेयक अघि बढाएको छ ।

संसदमाा विधेयक पेस गरेपछि यसमाथि सैद्धान्तिक बहस हुनेछ भने सांसदहरूले संशोधन दर्ता गराउनसमेत सक्नेछन् ।

त्यस्तै आजकै बैठकमा अर्थमन्त्री युवराज खतिवडाले लेखापरीक्षण विधेयक २०७५ माथि बिचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीरहेको संसद सचिवालयले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...