Tuesday 13th January 2026

संसदमा चिकित्सा शिक्षा विधेयक पेस हुँदै


प्रतिनिधिसभाको आजको बैठकमा चिकित्सा शिक्षा विधेयक पेस हुँदैछ ।

शिक्षा मन्त्रालयले गत शुक्रबार संसदमा दर्ता गराएको विधेयक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले आजको बैठकमा पेस गर्ने कार्यसूची रहेको छ ।

सरकारले दोस्रो पटक चिकित्सा शिक्षा विधेयक पेस गर्न लागेको हो । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

राष्ट्रपतिबाट वैशाख १३ मा जारी अध्यादेश निष्क्रिय भएपछि सरकारले पुनः नयाँ प्रक्रियाबाट नयाँ विधेयक अघि बढाएको हो । संसद बैठकमा काँग्रेस सांसद गगनकुमार थापाले दर्ता गराएको बिरोधको सूचना समेत निणयार्थ प्रस्तुत हुनेछ ।

अध्यादेश निष्क्रिय हुनु ५ दिनअघि गत असार १५ गते सरकारले प्रतिस्थापन विधेयक संसदमा दर्ता गरे पनि असार १७ को बैठकमा काँग्रेसले विरोध जनाएपछि अघि बढ्न सकेको थिएन ।

डा. गोविन्द केसी अध्यादेशमा भएको व्यवस्था हुबहु विधेयकमा राख्नुपर्ने मागसहित जुम्लामा अनशनरत छन् । तर, सरकारले परिमार्जनसहित विधेयक अघि बढाएको छ ।

संसदमाा विधेयक पेस गरेपछि यसमाथि सैद्धान्तिक बहस हुनेछ भने सांसदहरूले संशोधन दर्ता गराउनसमेत सक्नेछन् ।

त्यस्तै आजकै बैठकमा अर्थमन्त्री युवराज खतिवडाले लेखापरीक्षण विधेयक २०७५ माथि बिचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीरहेको संसद सचिवालयले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...