Tuesday 13th January 2026

सुन तस्करी प्रकरणमा पत्रकार पनि पक्राउ


तितोपाटी – सुन तस्करीबारे अनुसन्धान गरिरहेको सरकारी समितिले पत्रकार गणेशप्रसाद अधिकारीलाई पक्राउ गरेको छ ।

हिन्दु साप्ताहिक सञ्चार संस्थाको तर्फबाट सूचना विभागको पत्रकार परिचय–पत्र बोकेका अधिकारीलाई काठमाडौं प्रहरी परिसरले बरामद गरेको ३ केजी सुन प्रकरणमा पक्राउ गरिएको बताइएको छ ।

यसअघि १६ असारमा नागढुंगाबाट ३ केजी सुनसहित ५ जना पक्राउ परेका थिए । परिसरले यूएईबाट आएको सुनसहित उनीहरुलाई पक्राउ गरेसँगै सरकारी समितिले चासो दिएको थियो । र, अनुसन्धान थालेको थियो ।

त्यस क्रममा पक्राउ परेका व्यक्तिसँग कनेक्सन देखिएको आरोपमा अधिकारीलाई समितिले पक्राउ गरेको हो । हाल उनलाई महानगरीय प्रहरी वृत्त, बानेश्वरमा राखिएको छ ।

सार्वजनिक मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको बताइएको छ ।

सोही घटनामा समितिले दिनेश घिमिरे र दीपक श्रेष्ठलाई पनि पक्राउ गरेको स्रोतको भनाइ छ । घिमिरेलाई प्रहरी वृत्त, कमलपोखरी र श्रेष्ठलाई सिंहदरबार वृत्तको हिरासतमा राखिएको छ ।


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...