Monday 12th January 2026

बेल्जियमलार्इ हराउँदै फ्रान्स पुग्यो फाइनलमा


तितोपाटी – रुसमा जारी विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा फ्रान्स प्रवेश गरेको छ । मंगलबार भएको सेमीफाइनलको खेलमा बेल्जियमलाई १-० गोल अन्तरले पराजित गर्दै फ्रान्स उपाधिनजिक पुगेको हो ।

पहिलो हाफ गोलरहित बराबरी खेलेपछि दोस्रो हाफमा फ्रान्सलाई जिताउने क्रममा खेलको ५१ औँ मिनेटमा कर्णर बललाई सदुपयोग गर्दै बार्सिलोनाका डिफेन्डर स्यामुएल युमिटीले गोल गरेका थिए । उनले एन्टोइन ग्रिज्मनको कर्नरमा गरेको हेडर गोलरक्षक थिबाउ कोर्तुवाले बचाउने कुनै मौका पाएनन । खेलमा पछाडी परेपछि बेल्जियमले आक्रामक परिवर्तन गरेपनि गोल फर्काउन सकेन ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको अवस्थामा २००६ यता पहिलो पटक सेमिफाइलनमा पुगेको फ्रान्सलाई फाइनलमा पुर्याउन त्यही गोल नै पर्याप्त भयो ।

फ्रान्स सन् १९९८ र सन् २००६ मा फाइनल खेलिसकेको छ । सन् १९९८ मा विजेता बनेको फ्रान्स सन् २००६ मा इटालीसँग पराजित भएको थियो ।

यस जितसँगै फ्रान्सले जुलाई १५ मा हुने विश्वकप फाइनलमा स्थान सुरक्षित गरेको छ । फ्रान्सले अब दोस्रो सेमिफाइनलको विजेतासँग विश्वकप उपाधिका लागि खेल्नेछ । दोस्रो सेमिफाइनलमा बुधबार इंग्ल्यान्ड र क्रोएसिया भिड्नेछन् ।


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...