Monday 2nd March 2026

टिप्परको ठक्करबाट राजधानीको जडीबुटीमा बाइक चालकको मृत्यु


तितोपाटी – राजधानीको जडिबुट्टीमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा भक्तपुरका १८ वर्षीय रोयल सुवेदी छन्। मंगलबार दिउँसो भक्तपुरबाट कोटेश्वर आउँदै गरेको बा ४ ख ८७२५ नम्बरको टिपरले बा ८५ प ७१६ नम्बरको मोटरसाइकललार्इ ठक्कर दिएको हो।

ठक्करबाट मोटरसाइकलको पछाडि बसेका सुवेदी र मोटरसाइकल चालक अमन ढुंगेल भुइँमा बजारिएका थिए। तत्कालै प्रहरीले सुवेदीलाई शिक्षण अस्पताल पुर्‍याए पनि उनको मृत्यु भएको जानकारी महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी सुरेन्द्र मैनालीले दिए।

एसपी मैनालीका अनुसार घाइते ढुंगेलको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । प्रहरीले ठक्कर दिने टिपर र त्यसका चालक धादिङका हरिशरण राईलाई नियन्त्रणमा लिएको छ।


सम्बन्धित शीर्षकहरु

यदि ईरान ले बेलैमा घुडा टेकेन भने मध्यपूर्वमा क्षेत्रिय युद्ध धेरै टाढा छैन । साईप्रस मा भएको युके को सैन्य…

इरानसँग बढ्दो तनावका बीच बेलायत, फ्रान्स र जर्मनीले अमेरिकासँग मिलेर क्षेत्रीय सुरक्षाका लागि सहकार्य गर्ने घोषणा गरेका छन्। यी तीन…

इरानी सरकारी टेलिभिजनले आइतबार बिहान सर्वोच्च नेता अली खामेनीको हत्या भएको पुष्टि गर्‍यो, जुन १९८९ पछि इरानमा सबैभन्दा ठूलो राजनीतिक…

प्रतिकृयाहरू
...