Monday 2nd March 2026

श्रीमानलार्इ अर्की श्रीमती ल्याउन सहज होस भनि श्रीमतीद्वारा झुण्डिएर अात्महत्या


तितोपाटी – श्रीमानले अर्को बिहे नगरेको उल्लेख गरिएको सुसाइड नोट लेखेर एक महिलाले आत्महत्या गरेकी छन् ।

पर्वतको बडिगाड–९, साबिक दार्लिङ–१ मा गीता मल्लले झण्डिएर आत्महत्या गरेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय, पर्वतका अनुसार उनको साथबाट बरामद भएको सुसाइड नोटमा श्रीमान्लाई अर्को विहे गरेर छोरा जन्माउनका लागि सहज होस् भनेर आफूले आत्महत्या गरेको उल्लेख गरिएको छ ।

स्थानीयका अनुसार मल्लले श्रीमान डिलबहादुरलाई छोरा जन्माउन अर्को विवाह गर्न दवाव दिँदै आएका थिए ।

उनले आफ्नो छोरीलाई समेत पिर, दुःख नमान्नु भन्दै सचेत गराएकी छन् । पर्वतका एसपी दीपक रेग्मीका अनुसार थप अनुसन्धान भइरहेको छ ।


सम्बन्धित शीर्षकहरु

यदि ईरान ले बेलैमा घुडा टेकेन भने मध्यपूर्वमा क्षेत्रिय युद्ध धेरै टाढा छैन । साईप्रस मा भएको युके को सैन्य…

इरानसँग बढ्दो तनावका बीच बेलायत, फ्रान्स र जर्मनीले अमेरिकासँग मिलेर क्षेत्रीय सुरक्षाका लागि सहकार्य गर्ने घोषणा गरेका छन्। यी तीन…

इरानी सरकारी टेलिभिजनले आइतबार बिहान सर्वोच्च नेता अली खामेनीको हत्या भएको पुष्टि गर्‍यो, जुन १९८९ पछि इरानमा सबैभन्दा ठूलो राजनीतिक…

प्रतिकृयाहरू
...