Sunday 12th April 2026

राष्ट्रियसभाद्वारा विनियोजन विधेयक पारित


राष्ट्रियसभाको सोमबारको बैठकले विनियोजन विधेयक, २०७५ लाई बहुमतले पारित गरेको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गर्नुभएको विनियोजन विधेयक, २०७५ लाई बहुमतले पारित गरेको हो । अर्थमन्त्री डा खतिवडाले आर्थिक विधेयक, २०७५ र राष्ट्र ऋण उठाउने विधेयक, २०७५ को प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ । त्यसैगरी ऋण तथा जमानत (२२ औँ संशोधन) विधेयक, २०७५ पनि राष्ट्रियसभाको बैठकको बहुमतले स्वीकृत गरेको छ ।

बैठकमा सांसद अनिता देवकोटा, धनकुमारी खतिवडा, विन्दादेवी आले, प्रकाश पन्थ, जीतेन्द्रनारायण देव, बद्रीप्रसाद पाण्डे, तारादेवी भट्ट र रमेशजंग रायमाझीले प्रस्ताव गर्नुभएको भएको खर्च कटौतीको प्रस्तावलाई बैठकको बहुमतले अस्वीकृत गर्‍यो । राष्ट्रियसभाको अर्को बैठक मंगलबार अपराह्न ३ बजे बस्नेछ ।


सम्बन्धित शीर्षकहरु

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

तीतोपाटी - जन-जागृति युवा समाज कुवेतले नेपाली नयाँ वर्ष २०८३ को भित्तेपात्रो सार्वजनिक गरेको छ । विगत १६ वर्षदेखि हरेक…

डिआइजी (DIG) र प्रमुख जिल्ला अधिकारी (CDO) को बरियतासम्बन्धी बहस अहिले केवल पदको सम्मानको विषय मात्र रहेन, यो राज्य संयन्त्रको…

प्रतिकृयाहरू
...