Sunday 24th November 2024

‘साकुमा फ्रेन्डसीप ट्रस्ट’द्वारा विद्यालयलाई सोलार सहयोग, अक्षयकोष स्थापनाका लागि सबैमा हार्दिक अपिल


 तितोपाटी – ‘साकुमा फ्रेन्ड सीप ट्रष्ट’ ले बाराहपोखरी गाँउपालिका वडा न.२ सुन्तालेमा रहेको श्री ज्यू माबिलाई १० थान कम्प्युटर लगातार ३ घण्टा चल्न सक्ने १६ थान चार किलो वाट बराबरको सोलर प्यानलको सहयोग गरेको छ।

एलाइन थोमस र जान स्तान्टोन विदेशी नागरिकसँग सहकार्य गर्दै सुन्तले साकुमा निवासी ट्रष्ट संचालक चन्द्र कुमार राईले रोजगारीको शिलशिलामा स्वदेश तथा विदेशमा रहनु हुने सुन्तले दाजुभाई तथा दिदीबहिनीहरु सँग कम्प्युटर शिक्षाको लागि र अक्षयकोष स्थापना गर्नको लागि आर्थिक सहयोगको आह्वान समेत गरेका छन् । सामाजिक सेवाको पर्याय बनेका रार्इले यस अघि पनि यस क्षेत्रको विकासको लागि ठुलो सामाजिक योगदान गरिसेका छन् ।

सोलर प्यानल श्री ज्यू माबीलाई उपलब्ध गरि जडान कार्य सकिएको तर कम्प्युटरको अभाव रहेको र अक्षयकोष स्थापना गरि संकलन भएको सहयोग रकमले केही थान कम्प्युटर खरिद गरि बाँकी रहेको रकमको अक्षयकोष स्थापना गर्ने योजनाका साथ सम्पुर्ण देश बिदेशमा रहनु भएका सुन्तलेबासी दाजुभाई तथा दिदीबहिनीहरुसँग हातेमालो गर्दै कम्प्युटर सहयोग तथा अक्षयकोष स्थापनाको लागि आर्थिक संकलन अभियानमा सहयोग गरि हाम्रो श्री ज्यू माबी सुन्तलेको विद्यार्थी भाई बहिनीहरुको कम्प्युटर शिक्षा पढ्ने ईच्छा यहाँहरुले सहयोग गरि पूरा गरि दिनु हुन्छ होला भन्ने पुर्ण आशाका साथ सहयोगको लागि हार्दिक अनुरोध गर्दछु, ट्रेकिङ गाइड समेत रहेका राईले बताए ।

‘विभिन्न हिसाबले निकै विकट ठाउँमा रहेको बराहपोखरी गाउँपालिका २ सुन्तलेमा २०४९ देखि अहिले २०७५ साल सम्म दुई बिदेशी नागरिकसँग सहकार्य गरेर मैले मेरो गाउँको लागि सहयोगको योजनाहरु पारी रहेको छु। यसमा मैले दु:ख सुखका पाटाहरु धेरै खेपेको छु।त्यो बेला यातायातको सुबिधा थिएन कुनै पनि सामान मान्छेले बोकेर लैजानु पर्थ्यो । अहिलेको जस्तो नेट ईन्टरनेट फोनको सुबिधा थिएन एक पटक फ्याक्स गर्नु  पर्दा रु-५०० रुपैया तिर्नु पर्थ्यो । अहिलेको जस्तो ईन्जिनियर पैसा तिरेर पनि लान पाईदैन थियो । सबै के कति पाईप चाहिने हो डोरीले नापेर काट्ने गर्थ्यौ गाउँलेहरु सँग मिलेर चेथुममा खानेपानी र विद्यालय, माकापुमा खानेपानी र विद्यालयलार्इ शौचालय, साकुमा खानेपानी, विद्यालय निर्माण, सोलर टुकि शौचालय सुन्तले स्वास्थ्य चौकीमा शौचालय स्थापना गरि दिएको थियौ । अन्य धेरै छ सहयोगको कुरा भन्ने हो भने त अहिलेलाई यतिनै भनौ तर पनि मेरो जन्म भुमिलाई मैले यति गर्नु पाउँदा म धेरै खुशी छु‘ संचालक राईले थपे।

व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर मातृभूमिमा सामाजिक सेवाका कार्यहरू गर्दै अाएका रार्इले सेवामुलक कार्यका लागि शुरूवाती दिनहरूमा एक्लै परेको भए पनि हाल अाएर सुन्तले जन्मथलो भर्इ स्वदेश तथा विदेशमा पुगेका सम्पुर्ण दाजुभार्इ तथा दिदीबहिनीहरूले अाफुले गरेको कार्यको सराहना गर्दै हातमा हात र काँधमा काँध गर्दै सहयोगको लागि अग्रसर भएकोमा गर्व गर्दै स्वदेश तथा विदेशमा बस्ने सुन्तले निवासी दाजुभार्इ तथा दिदीबहिनीहरूको साथ सहयोग पाएर छिट्टै नै विद्यालयमा कम्प्युटर शिक्षा संचालनमा अाउने र अक्षय कोष खडा खडा गरी विद्यालयलार्इ अार्थिक रूपमा सबल बनाउने प्रतिवद्धता व्यक्त गर्दै सुन्तलेमा जन्मिएर विश्वभर छरिएर रहेका दाजुभार्इ तथा दिदीबहिहनीहरलार्इ दिल खोलेर सहयोग गर्न ट्रष्ट संचालक रार्इले अाव्हान समेत गरेका छन् ।

ट्रष्ट संचालक राईले अहिले गाउँका विभिन्न क्षेत्रमा ट्रष्ट मार्फत सहयोग संचालन गर्दै आएका छन।


सम्बन्धित शीर्षकहरु

सन् २०२४ को अमेरिकी राष्ट्रपतिको चुनावपछिको परिणाम एलोन मस्कका लागि वरदान बनेको छ। मस्कको कुल सम्पत्ति ३४७.८ बिलियन अमेरिकी डलर…

यद्यपि यो कल्पना गर्न गाह्रो छ, त्यहाँ कुनै केन्द्र - वा किनारा - हाम्रो ब्रह्माण्डमा छैन। ब्रह्माण्डको केन्द्र कहाँ छ…

नाङ्गै जन्मिएर के गर्नु कपडाले शरीर छोप्नु पर्छ नाङ्गै जन्मिएको शरीर छोपिएन भने समाजमा इज्जत जान्छ १ शरीर नाङ्गै हिँड्न…

प्रतिकृयाहरू
...