Tuesday 17th February 2026

दाङमा परिवारले दाह सँस्कार गरिसकेका १ व्यक्ति जीवितै घर फर्के


तितोपाटी – दाङ्गको मैरीघाट टोलमा एउटा अनौठो घटना घटेको छ । राप्ती गाउँपालिका वडा नम्वर ४ मौरीघाटका ४५ वर्षिय महेन्द्रप्रसाद चैधरीको मृत्यु भएको भन्दै परिवारले प्रहरीबाट शव बुझेर दाह संस्कार गरेका थिए । असार २१ गते सोही गाउँपालिका वडा नम्बर २ लालमटियास्थीत कालिका सामुदायिक वनमा सडेगलेको अवस्थामा एउटा शव फेला परेको थियो ।

दाङमा एकजना मरिसकेका भनिएका सो व्यक्ति भेटिएका छन् । उनी भेटिएर घर आएपछि उनको घर परिवारमा खुसियाली छाएको छ । शोकमा डुबेको उनको परिवारले सकुशल घर फर्किएका व्यक्तिलाई अबिर मालाले स्वागत गरेका छन् । नचिन्ने अवस्थामा रहेको उक्त शव चौधरीका परिवारजनले उनैको हो भन्ने ठहर गर्दै बुझेर अन्तिम दाह संस्कार गरेका थिए ।

दाङ देउखुरीको राप्ती गाउँपालिका– ४ मौरीघाट निवासी ४५ वर्षीय महेन्द्रप्रसाद चौधरी सकुशल घर फर्किएपछि घरसँगै गाउँमा खुशियालीसँगै उनलाई अबिर र माला लगाएर परिवारजनले खुसी मनाएका छन् ।

असार २१ गते राप्ती गाउँपालिका– २ लालमटियास्थीत कालिका सामुदायिक वनमा सडेगलेको अवस्थामा एक व्यक्तिको शव फेला परेको थियो । उक्त शव महेन्द्रप्रसाद चौधरीका आफन्तले महेन्द्रप्रसादकै भएको अनुमानसहित घर लगेर अन्तिम संस्कार गरेका थिए ।

महेन्द्रप्रसादका छोरा अनुप चौधरी र दाजु इन्द्रप्रसाद चौधरीले शव सडेगलेको अवस्थामा फेला परेपनि कपडा र जिउडालका आधारमा पहिचान गरी शव लगेर अन्तिम संस्कार गरेका थिए ।

स्थानीय भद्रभलाद्मीको रोहवरमा शव बुझेर उनीहरूले हिन्दु संस्कार अनुसार अन्तिम संस्कार गरी सकेर परिवारका सदस्य किरिया बस्ने तयारी गर्दै गर्दा कसैले महेन्द्रप्रसाद जीवितै रहेको भन्ने सूचना दिएपछि बल्ल उनको खोजी सुरू भएको दाजु इन्द्रप्रसादले जानकारी दिए ।

महेन्द्रप्रसाद मदिराका अम्मली रहेको तथा उनी यसअघि पनि हप्ता दश दिन बेपत्ता हुने गरेका थिए । त्यसोत, परिवारजनले उनको खोजी कार्यमा कुनै वास्ता गरेका थिएनन् । महेन्द्रप्रसाद बेपत्ता भएको बारेमा परिवारजनले आफैंले पनि नखोजेको र प्रहरीमा समेत कुनै जानकारी नदिएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख रविन्द्र पाण्डेले बताए ।

महेन्द्रप्रसादको मृत्यु भइसकेको भन्ने खबरपछि परिवारका सबै सदस्य तथा आफन्त शोकमा थिए । तर आइतबार देउखुरीको लालमटिया निवासी सुवास भुसालले भारतको इटुवामा महेन्द्र चौधरी काम गर्न गएको भन्ने सूचना दिएपछि छोरा अनुप चौधरी र दाजु इन्द्रप्रसाद चौधरी खोजीमा इटुवा गएका थिए । इटुवामा भाईलाई भेटेपछि दाजु महेन्द्रप्रसादले भाइलाई घरमा ल्याएपछि उनको घरमा खुशीयाली छाएको हो ।

‘भाई पनि धेरै दिनदेखि हराई रहेको र सडेगलेको शव हेर्दा भाइको जस्तै देखिएकाले हामी भाइको मृत्यु भएको निश्चयका साथ अन्तिम संस्कार पनि पुरा गरेका थियौं ।’ दाजु इन्द्रले भने,‘ तर आज मेरो भाइ सकुशल घर आएको छ, यो एउटा अचम्मैको घटना भयो ।’ भार्इको आगमन शोकमा डुबेका आफन्त तथा घर परिवारमा खुसियाली छाएको छ । भाइ भनी अर्कै व्यक्तिको शवको अन्तिम संस्कार गर्दासम्म २५ हजार बढी खर्च भएको बताए ।

महेन्द्रप्रसाद चौधरी पत्नीको मृत्युपछि एक्लै बस्दै आएका थिए । उनका छोरासमेत भिन्दै बस्दै आएको हुँदा उनी झनै मदिराका अम्मली बन्न पुगेको हुनाले उनलाई परिवारले वास्ता गर्न छोडेको थियो । त्यही समयमा उनी भारतको इटुवासम्म पुगेका थिए ।


सम्बन्धित शीर्षकहरु

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ । मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र…

लुलु हाइपरमार्केटले यस हाला फेब्रुअरीमा कुवेतको राष्ट्रिय तथा मुक्ति दिवसहरूलाई ‘I Love My Kuwait’ नामक भव्य प्रमोसन मार्फत अविस्मरणीय किनमेल…

निरेम प्रोडक्सनले मानवतावादी पहलअन्तर्गत सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लास्थित ब्यास गाउँपालिका–५मा रहेको दुर्गा स्थान माध्यमिक विद्यालयलाई विद्यार्थीहरूको बौद्धिक क्षमता अभिवृद्धिका लागि…

प्रतिकृयाहरू
...