Friday 27th March 2026

प्रहरीद्वारा अछाममा ठुलो परिमाणमा अवैध घरेलु मदिरा नष्ट


तितोपाटी – जिल्ला प्रहरी कार्यालय अछामले अवैध घरेलु मदिराविरुद्धको अभियानलाई तीव्रता दिएको छ । प्रहरीले सदरमुकाम मंगलसैनका विभिन्न वडाबाट अवैध मदिरा नियन्त्रणमा लिइ नष्टसमेत गरेको छ ।

दुई दिनको अवधिमा मदिरा र मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ गरी ४०० लिटर मदिरा नष्ट गरेको छ । प्रहरीले मंगलसैन नगरपालिकाको वडा नं ४ मा रहेको सिर्जना चोक आसपास र वडा नं ५ को मंगलसैन बजारमा खानतलासी गरी यो परिणामको मदिरा नष्ट गरेको हो ।

अवैध घरेलु मदिरा उत्पादन हुन्छ भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले खानतलासी गर्दा अवैध घरेलु मदिरा बनाउन राखिएको कच्चा पदार्थ (पास) र अवैध घरेलु मदिरा गरी ४०० लिटर नष्ट गरेको प्रहरी नायब उपरीक्षक रुकेश तण्डुकारले बताउनुभयो ।

अवैध घरेलु मदिरा बनाउन प्रयोग गरिएका भाँडावर्तनसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ । मदिराका कारण अछाममा झै–झगडा बढ्नुका साथै घरेलु हिंसा बढेको पाइएको छ ।

कतिपय स्थानीय तहले मदिरालाई बन्द गर्ने तथा व्यवस्थापन गर्ने निर्णय गरेका छन् । निर्णय गरे पनि मदिराको उचित व्यवस्थापन हुन सकेको छैन । प्रहरीले अछामका विभिन्न क्षेत्रमा टोलटोलमा प्रहरी कार्यक्रम पनि जारी राखेको छ । विगतमा मदिरा निशेधित क्षेत्रका रुपमा रहेको अछाम जिल्लामा अहिले अवैध घरेलु मदिरा खुलारुपमा बिक्री वितरण गर्ने गरिएको छ ।
घरेलु मदिराका कारण हुने विभिन्न किसिमका घरेलु हिंसा र जघन्य अपराध रोक्नका लागि जिल्ला प्रहरी कार्यालय अछामले मदिरा उत्पादन गर्ने व्यक्तिलाई कानूनी कारबाही गर्दै आइरहेको प्रहरी नायब उपरीक्षक ताण्डुकारले बताउनुभयो ।

अवैध घरेलु मदिरा धेरैजसो अछाम जिल्लाको सान्तडा, विनायक, मंगलसैनलगायतका क्षेत्रमा पाइने गरेको र यसलाई नियन्त्रण गर्नका लागि जिल्ला प्रहरी कार्यालय अछामले अपरेशन जारी राखेको छ ।


सम्बन्धित शीर्षकहरु

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

मध्यपूर्वको वर्तमान परिवेश फेरि एकपटक देखाउँदैछ—यहाँ सत्यभन्दा पनि “व्याख्या” शक्तिशाली हुन्छ। एउटै भनाइ, एउटै संकेत, तर दुई विपरीत निष्कर्ष। इरानी…

प्रतिकृयाहरू
...