Tuesday 17th February 2026

श्रीमानको लिंग सानो भएको भन्दै सम्बन्ध विच्छेद !


तितोपाटी – समाजमा सम्वन्धका विच्छेदका अनेकन उदाहरण पाइन्छ । सम्वन्ध विच्छेद हुनुमा पारिवारिक बेमेल, हिंसा, अनमेल विवाहकासाथै इच्छा विपरित गरिएका विवाह जस्ता कारणहरु प्रमुख कारकका रुपमा रहँदै आएका छन् ।

तर सुनसरीमा सम्वन्ध विच्छेदको फरक प्रसंग सार्वजनिक भएको छ । श्रीमानको लिङ्ग सानो भएको भन्दै श्रीमतीले सम्वन्ध विच्छेदको माग गरेपछि पञ्चभेलाले दुवैलाई अलग हुने बाटो खोलिदिएको छ । विवाह भएको ६ महिना सम्म राम्रो सम्बन्ध रहेको जोडीमा तव खटपट सुरु भयो । जब श्रीमतीले आफुलाई यौन सन्तुष्टि नपुगेको भन्दै श्रीमानसँग सम्वन्ध बिच्छेदको माग गरिन् ।

परिवारमा कलह बढ्दै गएपछि बाहिरिएको सो विषय अन्ततः वडा कार्यालय सम्म पुग्यो । वडाध्यक्ष सहितका जनप्रतिनिधि लगायत सामाजिक अगुवाहरुको उपस्थितिमा डाँकिएको भेलामा महिला र पुरुष दुवैले आआफ्नो समस्या राखे ।

भेलामा श्रीमानले राम्रोसँग पाल्दै आएको र कुनै दुःख नदिएको बताइरहेपनि श्रीमतिले श्रीमानले आफ्नो यौन इच्क्षा पुरा गर्न नसकेको, श्रीमानको लिङ्ग सानो भएको र आफ्नो इच्छा आकांक्षा दबेको भन्दै सम्वन्ध बिच्छेद बाहेकको विकल्प नरहेको अडान लिएकी थिइन् ।

वडा सदस्य समेत रहेका इनरुवा नगरपालिकाका न्यायिक समिति सदस्य रञ्जेश भट्टराईले सम्वन्ध बिच्छेदको घटनाको प्रकृति फरक र अचम्मित पार्ने खालको भएको बताए । भट्टराईका अनुसार आफ्नो व्यथा दुबैले पोखेका थिए । सदस्य भट्टराईका अनुसार भेलामा उपस्थित रहेर महिलाले विवाह भएको लामो समयसम्म श्रीमानबाट यौन सन्तुष्टिको आशा राखेर घरजम गरी बसे पनि श्रीमानबाट यौन सुखको अनुभुति पाउन नसकेपछि बुढाबुढीबीचको गोप्य कुरो समाजमा ल्याउन बाध्य भएको भन्ने विषयको खुलासा गरेकी हुन् ।

श्रीमतीले आफुले श्रीमान छाड्न चाहेको बताएपछि समाजले दुवैको मञ्जुरीमा सम्वन्ध विच्छेदको बाटो खुल्ला गर्दै आपसी रुपमा छुट्टिने निर्णय गरिदिएको छ ।

वडाध्यक्ष सुरेन्द्र यादव श्रवणले वडामा दुई वटा सम्वन्ध विच्छेदका घटना महिलाको इच्छा अनुरुप आपसी मञ्जुरी कायम गरी भएको बताए । महिलाले स्वयं आफु बस्न नचाहने भन्दै यौन चाहना पुरा गर्न नसकेको कारण देखाएपछि समाजका अगुवाहरुको रोहवरमा सम्वन्ध विच्छेदको बाटो खुल्ला गरिदिने गरेको यादवले बताए ।

-न्यूज२४ बाट


सम्बन्धित शीर्षकहरु

निरेम प्रोडक्सनले मानवतावादी पहलअन्तर्गत सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लास्थित ब्यास गाउँपालिका–५मा रहेको दुर्गा स्थान माध्यमिक विद्यालयलाई विद्यार्थीहरूको बौद्धिक क्षमता अभिवृद्धिका लागि…

नेपालको राजनीतिक संस्कृतिमा घोषणापत्रको विश्वसनीयता दशकौँदेखि कमजोर छ। चुनावअघि वाचा, चुनावपछि बिर्सिने परम्पराले नागरिक–राजनीति सम्बन्धमा गहिरो अविश्वास सिर्जना गरेको छ।…

नयाँ विद्रोह, पुरानो संरचना: किन अघि बढेन महावीर पुनको नवप्रवर्तन सपना ? नेपालको राजनीतिमा “नयाँ पुस्ता” वा परिवर्तनको नारासहित बनेका…

प्रतिकृयाहरू
...