Monday 2nd March 2026

बाँकेमा घुस रकम सहित इन्जिनियर पक्राउ


तितोपाटी – बाँके डुडुवा गाउँपालिकाका इञ्जिनीयर तेजराज खड्का रु एक लाख घुस लिएको अभियोगमा पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरको एक टोलीले गए राति नेपालगञ्जको बिपी चोकस्थित दङाली केसी मम सेन्टरबाट रु एक लाखसहित इञ्जिनीयर खड्कालाई थलामै पक्राउ गरेको हो ।

गाउँपालिकाको वडा नं ६ हिरिमिनियास्थित माटो पटान तथा ग्राभेल सडक निर्माणको कार्यसम्पन्न प्रतिवेदन तयार गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग खड्काले घुस मागेको आयोगका निमित्त कार्यालय प्रमुख कृष्णप्रसाद पौडेलले बताउनुभयो । उहाँका अनुसार खड्कालाई नियन्त्रणमा लिई थप अनुसन्धान शुरु भएको छ ।


सम्बन्धित शीर्षकहरु

यदि ईरान ले बेलैमा घुडा टेकेन भने मध्यपूर्वमा क्षेत्रिय युद्ध धेरै टाढा छैन । साईप्रस मा भएको युके को सैन्य…

इरानसँग बढ्दो तनावका बीच बेलायत, फ्रान्स र जर्मनीले अमेरिकासँग मिलेर क्षेत्रीय सुरक्षाका लागि सहकार्य गर्ने घोषणा गरेका छन्। यी तीन…

इरानी सरकारी टेलिभिजनले आइतबार बिहान सर्वोच्च नेता अली खामेनीको हत्या भएको पुष्टि गर्‍यो, जुन १९८९ पछि इरानमा सबैभन्दा ठूलो राजनीतिक…

प्रतिकृयाहरू
...