Saturday 21st March 2026

सशस्त्रका ५ एअाइजीद्वारा राजिनामा


तितोपाटी – सशस्त्र प्रहरी बलका पाँच अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) ले राजीनामा दिएका छन्। बुधबारको मन्त्रिपरिषद् बैठकले २०७४ मा सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आचार संहिता लागु भएपछि गरेका निर्णय खारेजीको निर्णय गरेलगत्तै सशस्त्रका पाँच एआईजीले राजीनामा दिएका हुन्।

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले ०७४ माघ १५ गते सशस्त्रका तत्कालीन डीआईजी जानकीराज भट्टराई, सुबोधकुमार अधिकारी, निराकारमविक्रम शाह, खडानन्द चौधरी र राजेश श्रेष्ठलाई एआईजीमा बढुवा गरेको थियो।

बुधबारको मन्त्रिपरिषद् निर्णय लगत्तै पाँच एआईजीले बिहीबार राजीनामा दिएका हुन्। मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचन २०७४ का लागि निर्वाचन आचारसंहिता जारी भएपछि तत्कालीन सरकारले गरेका सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार देउवा सरकारले ०७४ भदौ १४ पछि गरेका राजनीतिक नियुक्ति सबै बदर भएका छन्। नियुक्ती बदर भएपछि एअार्इजीले राजीनामा दिएका हुन्।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...