Sunday 1st February 2026

काभ्रेमा १० वर्षीया बालिका हत्या गर्ने पक्राउ


तितोपाटी – काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–१ आधाबाटोमा बालिका हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय काभे्रपलाञ्चोकका प्रहरी नायब उपरीक्षक महेन्द्रप्रसाद मरासिनीका अनुसार बुधबार राति सोही स्थानका अन्दाजी ९/१० वर्षीया एलिशा तामाङलाई घर नजिकै कुटपिट गरी हत्या गरेर फालेको आरोपमा एक जनालाई पक्राउ गरिएको हो । पक्राउपर्नेमा बारा जिल्ला गटहला गाउँपालिका–४ का जोखन मन्सुरी रहेका छन् ।

मन्सुरी र सोही ठाउँकी एक महिला बाख्राको खोरमा आपत्तिजनक अवस्थामा बालिकाले देखेपछि अभिभावकलाई सुनाउने डरले बालिकालाई तानेर लगी मारेर भाग्न खोजेको र गाउँलेले देखेपछि पक्राउ गरेर प्रहरीलाई बुझाएको मरासिनीले बताए ।

बालिका हत्यामा संलग्न मन्सुरी र ती महिलालाई आक्रोसित भिडले कुटपिट गरी घाइते बनाएका थिए । घाइते दुवै जनाको धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । दुवै जना प्रहरीको नियन्त्रणमा रहेको र आवश्यक कारबाहीका लागि प्रक्रिया अगाडि बढिसकेको प्रहरीले जनाएको छ ।

मन्सुरी विगत नौ महिनादेखि सोही ठाउँमा निर्माण मजदुरको काम गर्दै आएको प्रहरीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

कुवेतस्थित नेपाली राजदूतावासले यहाँ कार्यरत नेपाली श्रमिकहरूलाई लक्षित गर्दै “श्रम सचेतना” सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम कोस्टा डेल…

भेनेजुएलाले आफ्नो तेल क्षेत्रमाथिको दशकौँ पुरानो राज्य नियन्त्रण हटाउने विधेयक पारित गर्नु केवल नीतिगत सुधार मात्र होइन, यो देशको आर्थिक,…

बेलायती प्रधानमन्त्री केयर स्टारमर र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीचको हालैको भेट केवल कूटनीतिक औपचारिकता मात्र होइन, तर परिवर्तनशील विश्वव्यापी…

प्रतिकृयाहरू
...