Monday 12th January 2026

छातीको दुखाइ अत्याधिक बढेपछि कभर्ड हलबाट अस्पताल सारियो


अनशनको पाँचौ दिन डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या बढेपछि उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालमा लगेर उपचार थालिएको छ।

जिल्ला खेलकुद विकास समितिको कवर्ड हलमा अनशरत डा. केसीको छातीमा अत्याधिक दुखाइ सुरु भएपछि उनलाई स्टेचरमा बोकेर चिकित्सकले अस्पताल पुर्‍याएका थिए।

डा. केसीको उपचारको नेतृत्व लिइरहेका डा. प्रविण गिरीले डा. केसीको स्वास्थ्यमा समस्या आएको र अहिले जाँच प्रक्रिया सुरु गरेको जानकारी दिए।
गरिबको पहुँचमा गुणस्तरीय स्वास्थ्य शिक्षा तथा सेवा पुग्नु पर्ने भन्दै डा. केसीले सुरु गरेको सत्याग्र्रहको यो १५ औं श्रृङखला हो।

डा. केसीले माथेमा आयोगको प्रतिवेदनले दिएको सुझाव अनुसार शेरबहादुर सरकारले जारी गरेको चिकित्सा शिक्षा अध्यादेश अनुसार केपी ओली सरकारले प्रतिस्थापन विधेयक जारी गर्नु पर्ने लगायत विभिन्न १० वटा माग राख्दै जुम्ला पुगेर अनशन सुरु गरेका थिए।

अनशनको तयारी गरिरहेका बेला उनलाई निषेधित क्षेत्रको अवज्ञा गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो। डा. केसीले हिरासतमै अनशन सुरु गरेपछि उनलाई प्रहरीले कवर्ड हलमा ल्याएर छोडेको थियो तर प्रहरी नियन्त्रणमै डा. केसीले अनशनलाई निरन्तरता दिएका थिए।


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...