Sunday 8th February 2026

छातीको दुखाइ अत्याधिक बढेपछि कभर्ड हलबाट अस्पताल सारियो


अनशनको पाँचौ दिन डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या बढेपछि उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालमा लगेर उपचार थालिएको छ।

जिल्ला खेलकुद विकास समितिको कवर्ड हलमा अनशरत डा. केसीको छातीमा अत्याधिक दुखाइ सुरु भएपछि उनलाई स्टेचरमा बोकेर चिकित्सकले अस्पताल पुर्‍याएका थिए।

डा. केसीको उपचारको नेतृत्व लिइरहेका डा. प्रविण गिरीले डा. केसीको स्वास्थ्यमा समस्या आएको र अहिले जाँच प्रक्रिया सुरु गरेको जानकारी दिए।
गरिबको पहुँचमा गुणस्तरीय स्वास्थ्य शिक्षा तथा सेवा पुग्नु पर्ने भन्दै डा. केसीले सुरु गरेको सत्याग्र्रहको यो १५ औं श्रृङखला हो।

डा. केसीले माथेमा आयोगको प्रतिवेदनले दिएको सुझाव अनुसार शेरबहादुर सरकारले जारी गरेको चिकित्सा शिक्षा अध्यादेश अनुसार केपी ओली सरकारले प्रतिस्थापन विधेयक जारी गर्नु पर्ने लगायत विभिन्न १० वटा माग राख्दै जुम्ला पुगेर अनशन सुरु गरेका थिए।

अनशनको तयारी गरिरहेका बेला उनलाई निषेधित क्षेत्रको अवज्ञा गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो। डा. केसीले हिरासतमै अनशन सुरु गरेपछि उनलाई प्रहरीले कवर्ड हलमा ल्याएर छोडेको थियो तर प्रहरी नियन्त्रणमै डा. केसीले अनशनलाई निरन्तरता दिएका थिए।


सम्बन्धित शीर्षकहरु

कुवेतस्थित खोटाङ कुवेत सम्पर्क मञ्च ले आफ्नो दोस्रो सांगीतिक धमका आयोजना गर्ने भएको छ। संस्थाको हालै सम्पन्न २१ औँ मासिक…

  तिताेपाटी तनहुँ म्याग्दे गाउँपालिकाले सार्वजनिक गर्‍यो ‘म्याग्दे गान’, स्थानीय पहिचान र भावनालाई एकसूत्रमा बाँध्ने प्रयास तनहुँ । म्याग्दे गाउँपालिकाले…

-राजन रिमाल लोकतन्त्र र खेल दुवै नियम, प्रतिस्पर्धा र विश्वासमा टिकेका प्रणाली हुन्। तर जब खेल मैदानमा म्याच फिक्सिङ हुन्छ…

प्रतिकृयाहरू
...