Sunday 11th January 2026

मिडिया अझै असमावेशी


तिताेपाटी — मिडियामा समावेशीकरण नीति अझै पनि प्रभावकारी हुन नसकेको तथ्यांकले खुलाएको छ । राजधानीमा मंगलबार पत्रकार महासंघको समावेशी समितिले गरेको अन्तक्रियात्मक कार्यक्रममा यस्तो निष्कर्ष निकालिएको हो ।

कार्यक्रममा कान्तिपुर दैनिकका अनलाइन सम्पादक खिम घले र नेपाल प्रेस काउन्सिलका सदस्य शुभेच्छा विन्दुले मिडिया र समावेशी अवस्थासम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।

विन्दुले नेपालमा ९ सय ३६ पुरुष सम्पादक रहेकोमा महिला सम्पादक जम्मा १ सय ९ जना मात्रै भेटिएको बताइन् । उनले महिला पत्रकारलाई टिकाइराख्न मिडिया हाउसले महिलामैत्री कार्यालय बनाउनुपर्नेमा जोड दिइन् ।

घलेले संविधानको प्रस्तावनामै समानुपातिक समावेशीकरण सिद्धान्त लागू गर्नुपर्ने उल्लेख भए पनि व्यवहारमा मिडिया हाउसमा यो सिद्धान्त कार्यान्वयन हुन नसकेको बताए । समावेशिताले मिडिया हाउसलाई पूर्ण बनाउन मद्दत गर्छ,’ उनले भने, ‘यो संवैधानिक मर्मअनुकूल काम पनि हो ।’

– कान्तिपुर


सम्बन्धित शीर्षकहरु

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

नेपाल सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई मध्यनजर गर्दै ठुलो संख्यामा निर्वाचन प्रहरी (म्यादी प्रहरी) को भर्ना…

इरानमा बुधबार भएको विरोध प्रदर्शन एघारौं दिनमा प्रवेश गरेको छ र इजरायलको लागि जासुसी गरेको आरोपमा एक जनालाई मृत्युदण्ड दिइएको…

प्रतिकृयाहरू
...