Tuesday 16th December 2025

बालुवाटारमा शुरु भयो नेकपाको हेडक्वाटर बैठक, एजेन्डा के-के छन् ?


तिताेपाटी -नेकपाको पार्टी सचिवालय बैठक प्रधानमन्त्रीको निवास बालुवाटारमा शुरु भएको छ ।

यस अघि प्रधानमन्त्रीको चीन भ्रमण अगाडि असार २ गते सो पार्टीको सचिवालय वैठक बसेको थियो ।

विहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको बैठक एक घण्टा ढिला गरी शुरु भएको हो ।

आजको बैठकले पार्टी विधान र नियमावलीसहितको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गर्नेछ ।

नौ सदस्यीय नेकपा सचिवालयको बैठकमा प्रधानमन्त्रीको केपी ओलीको चीन भ्रमणको समीक्षा, एकीकृत पार्टीका आन्तरिक काम, शिक्षा विद्येयक, नेताहरुको कार्यविभाजन र संसदीय समिति गठन लगायतका विषयमा छलफल हुनेछ ।

नेकपाले यस अघि विभिन्न भातृ संगठनहरुको एकताका लागि कार्यदल बनाएको थियो ।

केन्द्रीय कमिटीबाहेक अन्य कमिटीको एकता अगाडि बढेको छैन् ।

पत्नी सीता दाहालको उपचारमा असार ३ गते सिंगापुर गएका नेकपाका एक अध्यक्ष प्रचण्ड दुई सातापछि आइतवारमात्रै फर्केका छन् ।

– राताेपाटी


सम्बन्धित शीर्षकहरु

तीतोपाटी – जन जागृति युवा समाज कुवेतले सवारी दुर्घटनाबाट गम्भीर घाइते भएका समाजका कृयाशिल सदस्य लाल बहादुर तामाङलाइ १ लाख…

तीतोपाटी – तनहुँ सेवा समाज कुवेतले तनहुँका मृगौला पीडितलाइ १ लाख बढीको आर्थिक सहयोग गरेको छ । समाजले तनहुँ जिल्ला…

कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन सन् २०२६ फेब्रुअरी १३ तारिखका दिन खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय…

प्रतिकृयाहरू
...