Friday 27th March 2026

कोशीको बहाव घटी–बढी हुने क्रम जारी, प्रशासनद्वारा नआत्तिन आग्रह


तिताेपाटी — पूर्वमा लगातार वर्षा भएसँगै सप्तकोशी नदीको बहावमा घटी–बढी हुने क्रम जारी छ । बुधबार बिहान आठ बजे कोशी ब्यारेज कन्ट्रोलले मापन गरे अनुसार सप्तकोशी नदीमा पानीको बहाव १ लाख ३२ हजार ५ सय ६० क्युसेक प्रतिसेकेण्ड रहेको छ ।

अहिले ब्यारेजका ५६ ढोका मध्ये २२ वटा ढोका खोलिएका छन् । हिजो साँझ १ लाख ४१ हजार ७ सय ५५ क्युसेक प्रतिसेकेण्ड रहेको थियो । गए राति भने १ लाख ३५ हजार ९ सय ३० क्युसेक प्रतिसेकेण्ड थियो । सुनसरी प्रशासनले सप्तकोशी नदीमा हालसम्म कुनै खतरा भने नरहेको जनाएको छ ।
सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले कोशीका सबै तटबन्ध सुरक्षित रहेकाले आत्तिनु पर्ने अवस्था नरहेको बताएका छन् । सुनसरीको बराहक्षेत्र नगरपालिकास्थित राजाबास क्षेत्रका ४ वटा स्परमा नदी ठोकिन थालेपछि पूर्वीतटका बासिन्दा त्रसित हुँदै आएका छन् ।
मौसम विभागले जलस्तर बढ्न सक्ने भन्दै नदी किनारमा रहेकाहरुलाई सर्तक रहन अपिल गरेको भएपनि नदीमा पानीको सतह स्थिर रहेको र नियमित अनुगमन समेत जारी रहेकाले कोशी नदीमा कुनै खतरा नरहेको भण्डारीले स्पष्ट पारेका छन् । सुनसरी प्रशासनले सप्तकोशी नदीको वहावको विषयमा हुने अफवाहको पछी नलाग्न सर्वसाधारणमा आग्रह समेत गरेको छ ।
— कान्तिपुरबाट

सम्बन्धित शीर्षकहरु

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

मध्यपूर्वको वर्तमान परिवेश फेरि एकपटक देखाउँदैछ—यहाँ सत्यभन्दा पनि “व्याख्या” शक्तिशाली हुन्छ। एउटै भनाइ, एउटै संकेत, तर दुई विपरीत निष्कर्ष। इरानी…

प्रतिकृयाहरू
...