Saturday 11th April 2026

बैदेशिक रोजगारबाट फर्केकाहरुको राष्ट्रिय भेला हुँदै, तयारी तिव्र


बैदेशिक रोजगारबाट फर्केकाहरुकै सकृयतामा आगामी असार २७ गते काठमाडौंमा राष्ट्रिय भेला हुने भएको छ । राष्ट्रिय सभागृहमा हुने भेलाको आयोजना राष्ट्रिय युवा परिषदले गर्ने भएको हो । यसका लागि बैदेशिक रोजगारबाट फर्केका केहि अगुवाले अगुवाई गरिरहेका छन् । वैदेशिक रोजगारी टुंग्याएर स्वदेश फर्केका जो कोहि व्यक्ति उपस्थित हुन सक्ने र सो भेलामा देश भरिबाटै सहभागिता हुने भेला आयोजना गर्न सक्रिय रहेका उत्तम अधिकारीले बताए ।

भेलालाई व्यवस्थित बनाउन मंगलवार(असार २० गते) भित्र फारम भरेर पठाएका व्यक्तिहरुलाई मात्र प्रवेश दिईने र उनीहरुका निमित्त प्रवेश कार्डको व्यवस्था गरिने आयोजकले जानकारी दिएका छन् । भेला सफल बनाउन सामाजिक संजाललाई प्रयोग गर्दै ग्रुप निर्माण गरि अधिकांश जिल्लाका व्यक्तिहरु जोडिने क्रम जारी रहेको र दिनहुँ फारम भरेर पठाउने काम समेत तीव्र गतिमा भएको अधिकारीले जानकारी दिए ।

वैदेशिक रोजगारबाट फर्किएका पूर्व प्रवासी नेपालीहरुको वर्तमान अवस्था कस्तो छ ? यो वर्गलाई बेलैमा राज्यले उचित सम्बोधन गरेर नीति निर्माण गरि योजना तर्जुमा नगरे यसको दुरगामी असर कस्तो रहला तथा सरकारको प्राथमिकता बिदेशबाट फर्किएका नेपालीलाई पुनः विदेश फर्किनबाट रोक्ने हुनुपर्ने हो कि नयाँ कामदारलाई विदेश जानबाट रोक्नु हो ? राज्यको सहयोग वा अनुदान वा राज्य र यो वर्गको संयुक्त लगानीमा के कस्ता परियोजना संचालन गरेर यो वर्गलार्इ आत्मनिर्भर बनाउदै रोजगारी सिर्जना गर्न सकिन्छ लगायतका थुप्रै विषयहरुको आवाज भेलामा उठान हुने प्रवासबाट फर्केका अगुवाहरुले जानकारी दिएका छन ।

भेलामा सहभागी हुन तलको लिन्कमा क्लिक गरेर अनलाइन फारम भर्न सकिने छ।

साभार देशप्रदेश


सम्बन्धित शीर्षकहरु

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

तीतोपाटी - जन-जागृति युवा समाज कुवेतले नेपाली नयाँ वर्ष २०८३ को भित्तेपात्रो सार्वजनिक गरेको छ । विगत १६ वर्षदेखि हरेक…

डिआइजी (DIG) र प्रमुख जिल्ला अधिकारी (CDO) को बरियतासम्बन्धी बहस अहिले केवल पदको सम्मानको विषय मात्र रहेन, यो राज्य संयन्त्रको…

प्रतिकृयाहरू
...