Friday 20th February 2026

२-० को अग्रतामा रहेको जापान वेल्जियमसँग अन्तिममा ३-२ ले पराजित


तितोपाटी – दुई गोलले पछि परेको बेल्जियमले उत्कृष्ट पुनरागमन गर्दै जापानलाई ३–२ गोल अन्तरले हराएको छ र विश्वकप फुटबलको क्वार्टरफाइनलमा स्थान बनाएको छ ।

प्रशिक्षक रोबर्टो मार्टिनेजले फेलिनी र नासेर चाड्ली सब्सिच्युडका रुपमा ६५ औं मिनेटमा मैदान प्रवेश गर्दा जापानले दुई गोलको अग्रता लिएको थियो । तर, उत्कृष्ट पुनरागमन गरेको बेल्जियमका फेलिनीले बराबरी गोल गर्दा चाड्लीले इन्जुरी टाइममा गोल गर्दै टिमलाई जित दिलाएका छन् ।

अब उसले सेमिफाइनल प्रवेशका लागि ब्राजिलसँग खेल्नेछ ।

रोस्तोभमा भएको खेलमा जापानले दोस्रो हाफको सुरुमा नै गोल गरेको थियो । खेलको ४८ औं मिनेटमा जेन्की हारागुचीको गोलबाट अग्रता लिएको जापानका ताकासी इनवीले चार मिनेटपछि नै गोल गरेपछि विश्वकपमा अर्को रोमाञ्चक जित हात पार्ने अनुमान गरिएको थियो ।

गोल्डेन जेनेरेशन भनिएको बेल्जियमका दुई स्टार लुकाकु र हजार्डको प्रदर्शन सन्तोषजनक थिएन । तर, प्रशिक्षक रोबर्ट मार्टिनेजले फेलिनी र चाड्लीलाई मैदान प्रवेश गराएपछि खेलको अवस्था फेरियो ।

जान भेर्टोनगेनले ६९ औं मिनेटमा बेल्जियमका लागि पहिलो गोल गरे । त्यसको पाँच मिनेटपछि नै इडेन हजार्डको पासमा फेलिनीले बराबरी गोल गरेका हुन् ।

निर्धारित ९० मिनेटको खेल सकिएपछि दिइएको इन्जुरी टाइम सकिनै लाग्दै चोड्लीले थोमस मुनिरको पासमा गोल गर्दै विश्वकपमा अर्को अप्रत्यासित हारको शिकार हुनबाट बेल्जियमलाई जोगाएका छन् ।


सम्बन्धित शीर्षकहरु

जापानको राजनीतिमा बुधबार एक महत्वपूर्ण संवैधानिक-राजनीतिक घटनाक्रम देखिएको छ। प्रधानमन्त्री सानाए ताकाइचीको मन्त्रिपरिषद्ले सामूहिक राजीनामा दिएको घोषणा नयाँ संसद् (डाइट)…

जेरुसेलममा आयोजित प्रमुख अमेरिकी यहूदी संगठनका अध्यक्षहरूको सम्मेलनलाई सम्बोधन गर्दै इजरायली पूर्व प्रधानमन्त्री नाफ्ताली बेनेटले भने कि यस क्षेत्रमा टर्की,…

बंगलादेशको अन्तरिम सरकार प्रमुख बनेपछि मुहम्मद युनुस अन्तर्राष्ट्रिय रूपमा सम्मानित व्यक्तित्व भए पनि भारतसँगको सम्बन्धमा उनीप्रति अपेक्षित न्यानोपन देखिएन। यसको…

प्रतिकृयाहरू
...