Friday 16th January 2026

१२ बर्षे बच्चालाई दुर्व्यहार गरी फरार हुने नेपाली महिलालाई इजरायल प्रहरीको खोजीकार्य तिब्र


तितोपाटी – इजरायल प्रहरीले १२ बर्षे बच्चालाइ दुर्व्यहार गरेको आरोपमा एक नेपाली महिलाको खोजीकार्य गरिरहेको छ | नेपाली महिला बिमा कुमारीले १२ बर्षको बच्चालाई दुर्व्यवहार गरेको भन्दै प्रहरीले फेसबुकपेजमा कुमारीको फोटो राख्दै खोजिरहेको जानकारी गराएको छ |

ति नेपाली महिला अहिले कहाँ र कस्तो अवस्थामा छन् भन्ने कुरा अझै अज्ञात रहेको छ । इजरायलमा रहेका नेपालीहरुको बिचमा यो समाचार फेसबुकका इनबक्समा भाइरल भैसकेको छ । नेपालीहरु बीच यो समाचार हिजो रातिदेखि भाइरल हुन् थालेपछि त्यहाँ कार्यरत नेपालीहरु अचम्मित परेका छन् ।
तस्विर सौजन्य :विमा कुमारी / इजरायली प्रहरीको फेसबुकपेजबाट

लामो समय देखि रोजगारीका लागि नेपालीहरु इजरायलमा केयर गिभर ‘सुसारे’ को रुपमा काम गर्दै आएका छन् । महिलाहरुको लागि काम गर्न अत्यत राम्रो ठाउँ मानिएको इजरायलमा करिब ८ बर्ष देखि बन्द रहेको छ ।

केहि समय अघि पनि नेपालीहरुले आफुले हेरविचार गर्ने बिरामीलाई कुटपिट गरेको कारण अझै पनि इजरायलको जेलमा नेपाली चेलीहरु रहेका छन् । केहि दिन अघि मात्र एक जना भारतीय महिलाले कुटपिट गरेको भिडियो सामाजिक संजालमा भाइरल भएको थियो । ति भारतीय महीलाई पनि कुटपिट गरेको कारण २२ बर्ष जेल र ५० हजार जरीवाना गरिएको समाचार भाइरल बनेको थियो ।


सम्बन्धित शीर्षकहरु

इरानले बुधबार राति NOTAM जारी गर्दै पूर्व अनुमति नलिएका सबै अन्तर्राष्ट्रिय उडानका लागि आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको…

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

प्रतिकृयाहरू
...