Thursday 22nd January 2026

कुख्यात फ्रान्सेली अपराधी हेलिकप्टरको सहयोगमा जेलबाट भागे


तितोपाटी – फ्रान्सका एक कुख्यात अपराधी रेडोइन फेड हलिउड फिल्ममा जस्तै गरी हेलिकप्टर चढेर जेलबाट भागेका छन् ।

राजधानी पेरिसको दक्षिणपूर्वमा रहेको रियू जेलमा बन्द फेड आइतवार बिहान केही सशस्त्र व्यक्तिहरूको सहायतामा जेलबाट भागेका हुन् ।

उनले जेल कसरी तोडे र उनलाई कसले सहायता ग–यो भन्ने विषयमा प्रहरीले केही पत्ता लगाउन सकेको छैन ।

फेडविरुद्ध सन् २०१० मा डकैती तथा एक महिला प्रहरीको हत्याको अभियोगमा २५ वर्षको जेल सजाय दिइएको थियो ।

फेडले यसअघि पनि जेलब्रेक गरिसकेका हुन् । पाँच वर्षअघि उनले पूर्वी फ्रान्सको एक जेलमा डाइनामाइट विस्फोट गराएर ६ प्रहरीलाई बन्धक बनाउँदै भागेका थिए । तर प्रहरीले ६ हप्ताको खोजीपछि उनलाई पक्राउ गरेको थियो ।

प्रहरी अधिकारीहरूले फेडको हेलिकप्टर पेरिसबाटै बरामद गरिसकिएको बताए । तर उनका बारेमा कुनै जानकारी प्रहरीसँग छैन ।

फेडले फ्रान्समा गरेका डकैतीका अनेकौं कथा छन् । उनी पेरिसको कुख्यात टोलमा जन्मेर सानैदेखि अपराधकर्ममा लागेका हुन् । उनले टीभी च्यानलमा अनेकौं अन्तर्वार्ता प्रसारण गरिसकेका छन् । उनले अपराधसम्बन्धी दुई किताब
पनि लेखेका छन् ।


सम्बन्धित शीर्षकहरु

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

प्रतिकृयाहरू
...