Tuesday 10th March 2026

अन्तराष्ट्रिय कलाकार मंच कुवेतको दोश्रो अधिबेशन भब्य रूपमा सम्पन्न


बसन्त थापा- गत २९ जुन २०१८ कुवेतको सिटी स्थित जिलिब पोपिन हल मा एक भब्य समारोहको बीच अन्तराष्ट्रिय कलाकार मंच कुवेतको दोश्रो अधिबेशन र सास्कृतिक कार्यक्रम भब्य सफलताका साथ सम्पन्न भएको छ | अन्तराष्ट्रिय कलाकार मंच कुवेतका अध्यक्ष सोम रसाइलीको सभापतित्वमा आयोजित अधिबेशन नेपाली राष्ट्रिय गानबाट प्रारम्भ गरिएको उक्त कार्यक्रमका प्रमुख अतिथिमा नेपाली दूतावास कुवेतका प्रथम सचिव- भोगेन्द्र लिङदेन, श्रम सहचारी- ज्ञानेंद्र शर्मा, तृतीय सचिव- सुरेश अधिकारी , रहेका थिए ।

अथितिमा हाम्रो संचार डट कम का प्रधान सम्पादक- प्रदिप नेपाली, कुवेतका चर्चित लोक गायक-बि बि मल्ल ठकुरी, राजेन्द्र बिरहि, महिला पत्रकार- नैना कला राई, सुदुरपश्चिम समाज कुवेतका अध्यक्ष- अमर खड्का, ऐन आर ऐन ए कुवेत बाट -सुरज मास्के , मन्जित राई, गोबिन्द बराल , लुम्बिनी समाज कुवेतका अध्यक्ष रुपेन हमाल, हिमाल अन्जान लगायत बिभिन्न बुद्धीजीवी व्यक्तित्व हरूले अतिथिको आसन ग्रहण गरेका थिए l कार्यक्रम संचालन लालीगुरास सांस्कृतिक मंच कुवेतका अध्यक्ष माधव पौड़ेलले बढो मिठो शैलीमा प्रस्तुत गर्दै स्वागत मंतव्यमा सन्ध्या मगर रहेकी थीईन ।

संगठनका पदाधिकारीहरुको बाक्लो उपस्थिति रहेकको उक्त दोश्रो अधिवेशन मा उपस्थित बुद्धी जीवी व्यक्तित्वहरुले आ आफ्नो मन्तब्य तथा शुभकामना व्यक्त गरेका थिए l

 

अन्तराष्ट्रिय कलाकार मंच कुवेतको अधिबेशनमा उपस्थित बुद्धीजीवी व्यक्तित्वहरुबाट नब नियुक्त कार्यसमितिलाई शुभ कामना दिदै कलाकारहरुको यो बिशुध्द संगठनको सफलता र शुभकामना व्यक्त गरेका थिए। उक्त संस्थाले संस्थामा आबद्ध सम्पूर्णलाई सम्मान पत्र वितरण गरेको थियो भने कुवेत नगरीमा रहेर समाजको लागी हरदम बिभिन्न तह बाट सहयोग गर्न तत्पर रहने कुवेतका अग्रपंती समाज सेवी रूपेन्द्र हमाल, र पुष्कर धामीलाई सम्मान गर्दै, अबको केहि दिन पछी बढुवा भई नेपाल फर्कीन लागेका तृतीय सचिव- सुरेश अधिकारीलाई अनौपचारिक रूपमा बिधाई गरीएको थियो।

 

कार्यक्रममा कुवेतमा रहेका नेपाली कलाकारहरुको प्रस्तुति रहेको थियो l जस मध्य सुनील परियार, बिराज तामांग, सन्ध्या मगर, रस्मि तामांग, पूर्णिमा बूढ़ा मगर लगायतका स्थानीय कलाकारको नृत्य बाट रौनक थपिएको थियो।

 

लालीगुरास संस्कृतिक मंच कुवेतका कलाकार बाट र सोही संस्थाका कलाकार हरूले नेपाली पंचे बाजा तथा लोक दोहोरि गीत तथा बिभिन्न साङ्गितिक प्रस्तुती पनि प्रस्तुत गरि उपस्थित सम्पूर्णलाई छम छमी नचाएका थिए।

 

समाजका अध्यक्ष सोम रसाइलीले कार्यक्रमको अन्तमा यस सस्थाको अधिबेश तथा बिबिध साँस्कृतिक कार्यक्रमलाइ भब्य तथा सभ्य रुपमा सफल बनाउन बिसेष योगदान दिनु हुने स्थानीय कलाकार तथा भौतिक,आर्थिक,नैतिक सहयोग गर्नु हुने सम्पूर्ण बुद्धिजीवी , ब्याबसायी, समाजसेवी , पत्रकार, कलाकार लगायत समस्त नेपालीजनहरुलाइ हार्दिक धन्यबाद संगै कार्यक्रम समापनको घोषणा गरेका थिए।


सम्बन्धित शीर्षकहरु

इरानका पाँच महिला खेलाडीहरूले अष्ट्रेलियामा शरण माग्नु र पाउनु केवल खेलकुदको समाचार मात्र होइन, यो मानव स्वतन्त्रता र व्यक्तिगत अधिकारसँग…

कुवेतमा रहेको सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि राजधानीको वित्तीय क्षेत्रमा ठूलो असर परेको छ। इरानी ड्रोन आक्रमण भएको भनिएको घटनापछि…

इरानका राष्ट्रपति Masoud Pezeshkian ले शनिबार आफ्नो देशले कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने बताएका छन्। इजरायलसँग जारी आक्रमण–प्रतिआक्रमणका बीच उनले…

प्रतिकृयाहरू
...