Thursday 12th March 2026

विश्वकप दोश्रो चरणमा जापानले प्रवेश पायो


तितोपाटी – समूह चरणमा अनुशासित खेल प्रदर्शन गरेको विषयलाई पनि ख्याल गरिएपछि जापान पोल्याण्डसँग गएराति एक-शून्यले हार्दा पनि विश्वकप फुटबलको दोस्रो चरणमा प्रवेश गरेको छ।

अन्तिम पाँच मिनेटमा खासै रोमाञ्चक खेल भएको देखिएन किनभने जापान पहेँलो कार्ड नखाने रणनीतिमा लाग्यो। पहेलो कार्ड पाएको भए जापान प्रतियोगिताबाट बाहिरिने सम्भावना रहन्थ्यो। त्यसबेला उसले आफ्नो सबै शक्ति र बल आफ्नो कब्जामा लिने र ‘फल’ नखेल्ने रणनीति कार्यान्वयन गर्‍यो।

समूह चरणको अर्को खेलमा कोलम्बियाले सेनेगललाई पनि एक-शून्य गोल अन्तरले नै हराएको थियो। अब दोस्रो चरणमा जापानले बेल्जियमसँग र कोलम्बीयाले इङ्गल्याण्डको सामाना गर्नेछन्।

बिहीवारको अर्को खेलमा इङ्गल्याण्डलाई बेल्जियमले एक-शून्य गोल अन्तरले पराजित गर्‍यो।

अन्तिम खेलसम्म आइपुग्दा जापान र सेनेगलको समान अंक, समान गोल अन्तर र समान गोल संख्या रहेको थियो। अन्तिम सम्म त्यहि भइरहँदा अनुशासित खेलका आधारमा कुन टोली अघि बढ्ने भन्ने निर्क्यौल गरिने पक्का थियो। आफ्ना दुई खेलमा सेनेगलले पाँचवटा चेतावनी पाइसकेको थियो भने जापानले तीनवटा मात्रै पाएको थियो।

दुवै टोली एक शून्य गोल अन्तरले पछि परेपछि र थप एकजना मात्रै खेलाडीले पहेँलो कार्ड पाएकाले जापानले दोस्रो चरणमा पुग्ने आशा राख्यो। उनीहरूलाई थाहा थियो कि समूह चरणबाटै बाहिरिसकेको पोल्याण्डले एक मात्र गोल गर्‍यो वा आफ्नो टोलीले दुईवटा फल गर्‍यो वा रातो कार्ड पायो भने प्रतियोगिताबाटै बाहिरिनुपर्नेछ।

त्यही भएर खेल सम्पन्न हुन १० मिनेट बाँकि हुदा उनीहरूले एकढिक्का भएर खेल्ने निर्णय गरे। त्यसलाई कतिपयले जुवा खेलेको जसरी अर्थ लगाउन सक्छन् किनभने सेनेगलले कोलम्बिया विरुद्ध बराबरीमात्रै गरेको भएपनि जापान बाहिरिनुपर्ने थियो।

सन् १९८२ मा अष्ट्रियालाई पश्चिम जर्मनीले एक शून्यले हराएको एउटा अलोकप्रिय खेल जस्तै जापान र पोल्याण्डबीचको खेल पनि एकदमै सुस्त गतिमा खेलिएको थियो।
उनीहरूले बल आफ्नो रक्षापङ्क्‍ति र मध्यपङ्क्‍तिका खेलाडी भएका क्षेत्रमा पास गरे र मैदानको बीच भागबाट केही हात पर भन्दा टाढा बल लगेनन्। उनीहरूले पोल्याण्डलाई खतरा नहुने क्षेत्रमा बल खेल्न लगाए।

मैदानमा खेल हेर्न आएका समर्थकहरूले होहोल्ला गरे अनि सिठ्ठी पनि बजाए। तर जापानले त्यही रणनीति लिइरह्यो।

भोल्भोग्राडमा खेल सकिएपछि जापानी खेलाडी, व्यवस्थापक र समर्थकहरूलाई टोली दोस्रो चरणमा पुगेको जानकारी पाउन करिब एक मिनेट लागेको थियो। सेनेगेलले गोल फर्काउन नसकेपछि जापानको रणनीति सफल भएको थियो।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वमा बढ्दो सैन्य तनावले अब केवल सैन्य शक्ति वा तेलको राजनीतिमा मात्र सीमित रहने संकेत देखिदैन। पछिल्ला घटनाक्रमले यो द्वन्द्व…

भारतको सर्वोच्च अदालतले पहिलोपटक इच्छा मृत्युको अनुमति दिने ऐतिहासिक फैसला सुनाएको छ । अदालतले गाजियाबाद घर भइ १३ वर्षदेखि अचेत…

सम्पादकीय तितोपाटी डटकम आजको नेपाली राजनीतिमा नागरिकहरू केवल दर्शक मात्र होइनन्, प्रश्न गर्ने सचेत शक्ति बनेका छन्। विशेषगरी पछिल्ला वर्षहरूमा…

प्रतिकृयाहरू
...