Sunday 11th January 2026

साहिद कपुरका भार्इ र श्रीदेवीकी छोरीको ‘धडक’ कस्तो रहला ?


तितोपाटी – बलिउड अभिनेत्री श्रीदेवीकी छोरी जाह्नवी कपूरको पहिलो अभिनय रहेको फिल्म ‘धड़क’ को दोश्रो गीत रिलिज भएको छ । ‘भिंगाट’ बोलको गीतको भिडियोमा बलिउड अभिनेता शाहिद कपूरका भाई ईशान खट्टर र जान्वीको दमदार नृत्य देख्न सकिन्छ ।

पुरै गीतमा दुवैको केमेस्ट्री पनि एकदमै उत्कृष्ट देखिएको छ। गीतको अन्तिम सीनमा ईशान र जान्वीले लिपलक किस समेत गरेका दृश्यलाई देखाएका छन्। यो मराठी सुपरहिट फिल्म ‘सैराट’को हिन्दी रीमेक हो। ‘सैराट’मा पनि झिंगाट गीत थियो जुन सुपरहिट भएको थियो ।

उक्त फिल्मको ट्रेलर भने जुन १० मा सार्वजनिक भएको भोलिपल्टै पहिलो गीत रिलीज भएको थियो । फिल्मलाई २० जुलाईमा रिलिजको डेट तोकिएको छ ।


सम्बन्धित शीर्षकहरु

नेपाल सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई मध्यनजर गर्दै ठुलो संख्यामा निर्वाचन प्रहरी (म्यादी प्रहरी) को भर्ना…

इरानमा बुधबार भएको विरोध प्रदर्शन एघारौं दिनमा प्रवेश गरेको छ र इजरायलको लागि जासुसी गरेको आरोपमा एक जनालाई मृत्युदण्ड दिइएको…

इजरायलले पश्चिम किनारमा प्यालेस्टिनीहरूका लागि चौथो पुस्ता (४जी) मोबाइल सेवाहरूको स्तरोन्नतिलाई अनुमोदन गरेको इजरायली सञ्चार मन्त्रालयले मंगलबार जनाएको छ। मन्त्रालयले…

प्रतिकृयाहरू
...