Monday 12th January 2026

अर्जेन्टिनाको साख बचाए मेस्सीले, अन्तिम १६ मा भिड्न पाउने


तितोपाटी – अन्तिम १६ मा छनोट हुने झिनो आशाका साथ मैदानमा उत्रिएको अर्जेन्टिनाले लिग चरणको तेस्रो तथा अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन गर्दै नाइजेरियालाई २–१ गोलको अन्तरले पराजित गरेको छ । यो विश्वकपमा अर्जेन्टिनालाई पहिलो जित दिलाउन कप्तान मेसी र मार्कोस रोहोले विशेष भूमिका खेलेका थिए ।

पहिलो खेलमा नवप्रवेशी आइसल्यान्डसँग १–१ को बराबरीमा रोकिएको विश्वकपको दाबेदार अर्जेन्टिना दोस्रो खेलमा क्रोएसियासँग ३–० को अन्तरले पराजित भएको थियो । दुई खेलमा १ मात्र अङ्क रहेको अर्जेन्टिना त्यसपछि विश्वकपबाट बाहिरिने खतरा बढेको थियो । तर, लिग चरणको तेस्रो खेलमा आफ्नो स्वाभाविक खेल देखाएको अर्जेन्टिनाले नाइजेरियालाई एक रोमाञ्चक र सनसनीपूर्ण खेलमा पराजित गर्दै अन्तिम १६ मा प्रवेश गर्न सफल भएको थियो ।

अर्जेन्टिनाको तर्फबाट पहिलो हाफको १४औँ मिनेटमा कप्तान लियोनल मेसीले गोल गर्दै अग्रता दिलाएका थिए । मेसीको हानेको यो गोल सन् २०१८ को १००औँ गोल थियो । मेसीको यो गोलसँगै विश्वकपमा ६ गोल भएको छ । जसमा उनले नाइजेरियाविरुद्ध मात्रै ३ गोल गरेका छन् । मेसी ३ विश्वकपमा लगातार गोल गर्ने तेस्रो खेलाडी पनि बनेका छन् । यसभन्दा अगाडि डिएगो म्याराडोना र ग्य्राबियल बास्टुटिटाले लगातार गोल गरेका थिए ।

पहिलो हाफमा १–० ले अग्रता लिएको अर्जेन्टिनालाई दोस्रो हाफमा नाइजेरियाले पाएको पेनाल्टीलाई सदुपयोग गर्दै खेललाई बराबरीमा ल्याएको थियो । उक्त पेनाल्टी गोल नाइजेरियाका पेनाल्टी स्पेसलिस्ट भिक्टर मोसेरले गरेका थिए । खेल बराबरीमा आएपछि निकै दबाबमा परेको अर्जेन्टिना प्रतियोगिताबाट बाहिरिने खतरा बढिरहेको समय ८६औँ मिनेटमा डिफेन्डर मार्कोस रोहोले गोल गरेका थिए । रोहको यही गोलका कारण अर्जेन्टिना अन्तिम १६ मा पुग्न सफल भएको थियो ।

यो जितसँगै अर्जेन्टिनाले ४ अङ्क बटुल्दै दोस्रो स्थान हासिल गर्दै लगातार चौथोपटक विश्वकपको नकआउट चरणमा प्रवेश गरको छ । ग्रुप ‘डी’ मा क्रोएसियाले शीर्ष स्थान हासिल गरेको छ भने नाइजेरिया र आइसल्यान्ड विश्वकपबाट बाहिरिएका छन् । अब नकआउट चरणमा अर्जेन्टिनाको भिडन्त फ्रान्ससँग हुनेछ ।


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...