Tuesday 7th April 2026

कुवैतबाट लुम्बिनी समाज कुवेतले गर्यो आर्थिक सहयोग


बसन्त थापा- लुम्बिनी समाज नेपाल कुवैतले बिपन्न परिवार समीरा बोहोरालाई आर्थिक सहयोग गरेको छ।

अर्घाखाँची जिल्ला सितगङ्गा ३ निवासी ३ वर्षीय समिरा बोहोरालाई रक्त क्यान्सर रोगबाट पिडित बिरामीको उपचारका लागि आर्थिक सहयोग संकलन गरि नेपाली रुपैया ६१ हजार, २०१८ जुन २६ तारिक का दिन बुटवलमा एक कार्यक्रम गरि समाज सेवी सुरज क्षेत्री सोहि संस्थाका सल्लाहाकार रबि बन्जाडे तथा संस्थाका सदस्यहरु द्वारा बिरामीलाई सहयोग रकम हतान्तरण गरिएको हो।

रकम हस्तान्तरण गर्दै समाजसेवी क्षेत्रीले आगामी दिन हरुमा पनि यस्ता सहगोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

पिडित बोहोरालाई नेपालमा उपचार खर्च अपुग हुने भएकोले हाल भरतको चंदिगढ़मा उपचार भइरहेको र उक्त परिवारमा आर्थिक अवस्था नाजुक रहेकोले लुम्बिनी समाज कुवेतले आर्थिक सहयोग गरेको समाजका अध्यक्ष रुपेन्द्र बिक्रम हमालले तितोपाटी डट कम लाइ जानकारी दिएका छन् ।

उक्त समाजले कुवैतमा रहेर हरेक पीडामा रहेका नेपालीहरुलाई उद्धार गर्दै आएको छ। हालै मात्र अबैधानिक रही कुवेतमा कार्यरत तिन जना नेपालीको मृत्यु पश्चात उनीहरूको शब नेपाल पठाउन समस्या देखिए पछि शव नेपाल पठाउनको लागि हमालले अहम भूमिका निभाएका थिए।

स्थापनाको छोटो समयमा संस्थाले प्रवासमा मात्र नभएर नेपाल भित्रका घटनाहरुमा पनि विभिन्न किसिमको सहयोग प्रदान गर्दै आएको छ।


सम्बन्धित शीर्षकहरु

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

कुवेतको प्रमुख खुद्रा गन्तव्य लुलु हाइपरमार्केटले टाली, कुवेतको “Buy Now, Pay Later” सेवा प्रदायकसँग साझेदारी गर्दै ग्राहकहरूलाई लचिलो र सुविधाजनक…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको ७१औं स्थापना दिवस एक विशेष समारोहका बीच मनाएको छ। सो अवसरमा पत्रकारहरूको व्यावसायिक…

प्रतिकृयाहरू
...