Monday 12th January 2026

उरूग्वेले रसियालार्इ हराए पनि दुबै टिम नकाउट चरणमा प्रवेश


तितोपाटी – विश्वकप फुटबल प्रतियोगिता अन्रतगत समूह चरणको अन्तिम खेलमा आयोजक रसियालाई उरुग्वेले ३–० ले पराजित गरेको छ । सामरा एरिनामा भएको समूह ए को अन्तिम खेलमा रसियालाई हराएको उरुग्वे ९ अंकसहित समूह विजेतका रुपमा विश्वपकको अन्तिम १६ मा पुगेको छ ।

उरुग्वेसँग पराजित भएको रसिया पनि समूह ए बाट ६ अंकसहित उपविजेताकारुपमा विश्वकपको अन्तिम १६ मा पुगेको छ ।

उरुग्वेसँग पराजित भएको रसिया पनि समूह ए बाट ६ अंकसहित उपविजेताकारुपमा विश्वकपको अन्तिम १६ मा पुगेको छ । समूह ए अन्तरगतको अन्तिम खेलमा उरुग्वेका लागि खेलको १० औँ मिनेटमा लुइस स्वारेजले अग्रता दिलाएका थिए । सुरुबाटै दबाबमा राखेको उरुग्वेलाई रसियाले खेलको २३ औँ मिनेटमा आत्मघाती गोल उपहार दियो ।

रसियाबाट यो विश्वकपमा सर्वाधिक ३ गोल गरिसकेका डेनिस चेरिसोभले आत्मघाती गोल गरेपछि उरुग्वे २–० ले अघि बढेको थियो । त्यसपछि खेलको ३६ औँ मिनेटमा इगोर स्मोल्इकोभ दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि रसिया १० खेलाडीमा खेल्न बाध्य भयो ।

दोस्रो हाफमा एडिन्सन काभानीले अर्को गोल थपे । उनले खेलको ९० औँ मिनेटमा गोल गरेपछि उरुग्वे ९ अंकसहित अन्तिम १६ मा प्रवेश गर्यो । अर्कातिर साउदी अरेयिबा र इजिप्टमाथि गोलबर्षा गरेको आयोजक रसिया भने खेल अवधिभर निरीह बनेको थियो ।


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...