Thursday 12th March 2026

रोनाल्डोले पहेंलो कार्ड पाएर पनि पोर्चुगल नकाउट चरणमा पुग्यो


तितोपाटी – २०१८ फिफा विश्वकप फुटबल प्रतियोगितामा सहभागी टिमहरुले भिडियो एसिस्टेन्ट रेफ्री (भिएआर)  को भरपुर उपयोग गरिरहेका छन्।  समूह ‘बी’अन्तर्गत बिहिबार सम्पन्न पोर्चुगल र इरानबीचको खेलमा भने पटकपटक भिएआरको अपिल गर्दा खेल विवादास्पद बनेको छ।

सवै भिएआर रिभ्यू दोस्रो हाफमा भएका थिए। भिआर रिभ्यूमार्फत सबैभन्दा पहिला पोर्चुगललाई पेनाल्टी प्रदान गरिएकोथियो। इरानका साइदले रोनाल्डोलाई लगाइएपछि पोर्चुगलले पेनाल्टी अपिल गरे।

भिएआर रिभ्यू गरेपछि रेफ्रीले पेनाल्टी दिने निर्णय गरेका थिए। प्राप्त पेनाल्टी अवसरमा पोर्चुगल गोल गर्न चुक्यो। कप्तान क्रिस्टियानो रोनाल्डोको प्रहारलाई इरानका गोलकिपर अली बेइराभार्डले उत्कृष्ट बचाउ गरेका थिए।

जारी विश्वकपका पेनाल्टी बचाउने अली तेस्रा गोलकिपर बने। यसअघि साउदी अरेबियाका खेलाडीको पेनाल्टी प्रहारलाई इजिप्टका गोलकिपर इलहडारीले बिफल पारेका पारेका थिए। सो खेलमा हडारीले विश्वकप खेल्ने सबैभन्दा पाका खेलाडीको रेकर्ड बनाएका थिए।  समूह चरणमा अर्जेन्टिनाका लिओनल मेसीको पेनाल्टीलाई आइसल्यान्डका गोलकिपरले रोकेका थिए।

नकआउट चरणमा पुग्न इरानले खेल जित्नै पर्ने अवस्था थियो भने पोर्चुगललाई बराबरी काफि थियो। पोर्चुगलले क्वारिज्माको गोलबाट अग्रता लिएपछि इरानले पोर्चुगलको पोस्टमा लगातार आक्रमण गरेको थियो। त्यसक्रममा इरानी खेलाडी आक्रमक रुपमा उत्रिएका थिए। जसले गर्दा खेल तीव्र गतिमा हुनुका साथै फल बढीका थिए।

खेलमा स्टार खेलाडी रोनाल्डो पनि विवादमा परे। उनले इरानका मोर्टेजा पौरालीगान्जीमाथि फल गरेपछि इरानले फलको अपिल गरिएको थियो। रोनाल्डोले मोर्टेजाको अनुहारामा हातले समातेका थिए। त्यसपछि रेफ्रीले रोनाल्डोको फल हेर्न भिएआरको सहायता लिए। भिएआर रिभ्यूपछि रेफ्रीले रोनाल्डोलाई पहेँलो कार्ड देखाएका थिए।

इन्जुरी टाइममा पनि इरानले भिएआर अपिल गर्दा विवाद भयो। पोर्चुगलका डिफेन्डर सेड्रीकले ह्यान्ड गरेपछि पेनाल्टीको अपिल गरिएको थियो। लगत्तै इरानले पेनाल्टी भन्दै भिएआर रिभ्यू मागेका थिए भने पोर्चुगलका खेलाडीले त्यसको विरोध गरेका थिए। यो फलमा पनि रेफ्रीले भिएआर रिभ्यू हेरे। रिभ्यूपछि रेफ्रीले आफ्नो पेनाल्टी नदिने अाफ्नो पहिलो निर्णय उल्टाउदै इरानलाई पेनाल्टी दिए।

सो पेनाल्टीमा इरानले गोल गर्दा खेल १–१ को बराबरी भएको थियो। तर जित आवश्यक रहेको इरानलाई खेलमा फर्कन ढिला भइसकेको थियो। पोर्चुगल १ अंक जोड्दै समूह विजेताको रुपमा अन्तिम १६ मा पुग्यो।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वमा बढ्दो सैन्य तनावले अब केवल सैन्य शक्ति वा तेलको राजनीतिमा मात्र सीमित रहने संकेत देखिदैन। पछिल्ला घटनाक्रमले यो द्वन्द्व…

भारतको सर्वोच्च अदालतले पहिलोपटक इच्छा मृत्युको अनुमति दिने ऐतिहासिक फैसला सुनाएको छ । अदालतले गाजियाबाद घर भइ १३ वर्षदेखि अचेत…

सम्पादकीय तितोपाटी डटकम आजको नेपाली राजनीतिमा नागरिकहरू केवल दर्शक मात्र होइनन्, प्रश्न गर्ने सचेत शक्ति बनेका छन्। विशेषगरी पछिल्ला वर्षहरूमा…

प्रतिकृयाहरू
...