Wednesday 18th February 2026

महिलाका याैनेच्छाबारे बोल्नु अपराध हो ?


तितोपाटी – बलिउड अभिनेत्री स्वरा भास्कर हालसालै ‘वीरे दि वेडिङ’को एक दृश्यका कारण ट्रोलको सिकार बनिन्। फिल्मको एक दृश्यमा स्वरालाई हस्तमैथुन गर्दै गरेको देखाइएको थियो । तर स्वराले यो दृश्य आफैंमा गलत नभएको बताएकी छिन्। उनले यो फिल्मले आम मानिसलाई महिलाको यौन इच्छाको बारेमा कुरा गर्न प्रेरित गरेको बताएकी छिन्। उनको तर्क छ, ‘मानिसहरूले कमसेकम महिलाको यौन इच्छाको बारेमा खुलेर कुरा गर्न त थाले जुन विषय वर्जित जस्तै थियो।’

समाज र सिनेमा दुवैमा यौन इच्छाको बारेमा कुरा गर्ने प्रचलन छैन। स्वराको पछिल्लो फिल्मले भने यो विषयमा सानोतिनो बहस छेडेको छ। स्वराको यो फिल्मलाई कसैले महिला केन्द्रित फिल्म भनेर तारिफ गर्ने गरेका छन् भने कसैले यसलाई पूर्णतः काल्पनिक फिल्म भन्ने गरेका छन् । उनीहरुको आरोप छ, योे फिल्मको समाजसँग कुनै पनि समानता छैन। स्वराले फिल्मको सो दृश्यलाई लिएर आफूलाई निशाना पारिने पहिले नै अनुमान गरेको बताएकी छिन्।

‘मलाई थाहा थियो यो दृश्यमा म ट्रोल हुन्छु। यो दृश्यले धेरैलाई झट्का लाग्ने थियो। हाम्रो समाजमा यौनको बारेमा खुलेर कुरा गर्न लाज लाग्छ। म यस्ता कुरामा उदार सोच राख्छु र राजनीतिक मुद्दामा पनि खुलेर आफ्नो धारणा राख्छु। तर यो फिल्म हस्तमैथुनको दृश्यमा मात्र सीमित छैन, त्यसबाहेक पनि धेरै राम्रा कुरा छन्,’ उनले भनेकी छिन्।

उनले भनेकी छिन्, ‘मलाई खुसी लागेको छ कि वीरे दि वेडिङ बलिउडमा पहिलो यस्तो फिल्म बनेको छ जसले खुलेर महिलाको यौन इच्छाको बारेमा कुरा गर्छ । निजी जीवनमा पनि बिस्तारै मानिसले यौनको विषयमा कुरा गर्न थालेका छन्। नत्र त एसियामा महिलाको यौनिकता, शरीर र यौन इच्छाको कुरा अपराध बराबर मानिन्थ्यो।’

केही समय अघि रिलिज भएको ‘वीरे दि वेडिङ’मा स्वरासँगै करिना कपुर, सोनम कपुर, शिखा तलसनियालगायतको अभिनय रहेको छ । फिल्मले भारतमा राम्रो व्यापार गरेको थियो।


सम्बन्धित शीर्षकहरु

Bhubaneswar को सुन्दरपाडा क्षेत्रमा जनवरी २७ साँझ भएको शक्तिशाली विस्फोटको सीसीटीभी फुटेज सार्वजनिक भएको छ। फुटेजमा विस्फोटको तीव्रता स्पष्ट देखिन्छ,…

दक्षिण एसियाको पूर्वी भू–भाग फेरि एकपटक रणनीतिक र आर्थिक बहसको केन्द्रमा आएको छ। हालै Muhammad Yunus ले आफ्नो सम्बोधनमा “नेपाल,…

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ । मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र…

प्रतिकृयाहरू
...