Sunday 11th January 2026

मेक्सिकोले कोरियालार्इ २-१ ले हरायो


दक्षिण कोरियाका फवार्ड सन हियुङ मिनले विश्वकपमा मेक्सिकोविरुद्ध इन्जुरी टाइममा सनसनीपूर्ण गोल गरेका छन् । तर, मेक्सिको जित टार्न सकेनन् ।

शनिबार भएको खेलमा मेक्सिकोले दक्षिण कोरियालाई २–१ ले हराएको हो । पहिलो खेलमा विश्व च्याम्पियन जर्मनीलाई हराएर सनसनी मच्चाएको मेक्सिकोले कोरियाविरुद्ध पनि आफूलाई प्रमाणित गरेको छ ।

लगातार दोस्रो जितसँगै समूह एफको शीर्ष स्थानमा रहेको मेक्सिको नाकआउट चरण नजिक पुगेको छ । दोस्रो हारले दक्षिण कोरिया भने समूह चरणबाट बाहिरिने सम्भावना बलियो बनेको छ ।

खेलमा मेक्सिकोले २६ औं मिनेटमा कार्लोस भेलाको पेनाल्टी गोलबाट अग्रता लिएको थियो । डिफेण्डर ज्याङ हिउन सुको ह्याण्ड गरेपछि मेक्सिकोले पेनाल्टी पाएको थियो, जसमा भेलाले सहजै गोल गरे ।

६६ औं मिनेटमा मेक्सिकोले काउन्टर अट्याकमा गोल गर्दै अगता दोब्बर बनायो । उसका लागि जाभियर हर्नान्डेजले गोल गरे । मेक्सिकोको लागि उनको यो करियरको ५० औं गोल समेत हो ।

तर, इन्जुरी टाइममा दक्षिण कोरियाका सन हियुङ मिनले सनसनीपूर्ण गोल गरे । उनले मेक्सिकोको पेनाल्टी एरिया बाहिरबाट हानेको बल गोलमा परिणत भएको थियो । रुस विश्वकपमा कोरियाको यो पहिलो गोल समेत हो ।

तर, उनको गोल कोरियाको हार टार्न पर्याप्त रहेन ।


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...