Friday 28th November 2025

कुवेतमा नेकपाको प्रवास संगठन गठनका लागि छलफल सम्पन्न


तितोपाटी – कुवेतमा नेपाल कम्युनिष्ट पार्टीको प्रवास संगठन गठन गर्नको लागि  एक छलफल कार्यक्रम सम्पन्न भएको छ । नेपालमा दुइ ठुला कम्युनिष्ट पार्टीहरू तत्कालिन नेकपा एमाले र तत्कालिन नेकपा माअोवादी केन्द्रविच एकता भर्इ नेपालको इतिहासमै अहिले सम्मकै सबैभन्दा ठुलाे पार्टीको रूपमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गठन भए पछि कुवेतमा रहेका ति दुवै दलहरूका वैदेशिक संगठन तथा वैदेशिक भातृ संगठनहरू  समायाेजन गरी एक छुट्टै संगठन निर्माण गर्नको लागि सो छलफल कार्यक्रम अायोजना गरिएको थियो ।

छलफल कार्यक्रममा तत्कालिन नेकपा एमालेको वैदेशिक भातृ संगठन प्रवासी नेपाली मञ्चका अध्यक्ष सहितका प्रतिनिधिहरू र तत्कालिन नेकपा माअोवादी केन्द्रका कुवेत इन्चार्ज सहित नेपाली जन-प्रगतिशील मञ्चका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो  । दुबै पक्षका प्रमुखहरूकाे समुपस्थितिमा प्रतिनिधिहरू बिच चलेकको छलफलबाट अागामी जुलाइ महिनामा दुबै तर्फबाट अधिकारसम्पन्न प्रतिनीधि मण्डल गठन गरि सर्व स्वीकार्य संयोजक स्तरीय एक समिति बनाइ उक्त समितिले छिट्टै नै अधिवेशन अायोजना गरी  अधिवेशन मार्फत नया कार्य समिति चयन गर्ने सहमति भएको छ ।

समायोजन प्रकृयाको लागि नेपाली जन प्रगतिशील मञ्च कुवेतले प्रतिनीधिहरू तोकि सकेको छ भने प्रवासी नेपाली मञ्च कुवेतले केही हप्ता भित्रमै प्रतिनीधि तोक्ने जनाएको छ ।

पार्टी एकता भए लगत्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले तत्कालिन दुबै पार्टीका जनवर्गीय र भातृ संगठनहरूलार्इ खारेज गरि ३ महिनाभित्र नया समिति गठन गर्ने निर्णय गरेको छ भने प्रवास विभाग हेर्नको लागि पार्टीले नारायणकाजी श्रेष्ठ, विन्दा पाण्डे, युवराज कार्की र टेक बहादुर पाठकलार्इ तोकेको छ ।


सम्बन्धित शीर्षकहरु

बगदाद: इराकले बिहीबार स्वायत्त कुर्दिस्तान क्षेत्रमा रहेको ग्यास कम्प्लेक्समा भएको आक्रमणको अनुसन्धान गर्ने बताएको छ, जसले ग्यास आपूर्ति अवरुद्ध गरेको…

काठमाडौँ । इजरायलमा नौ जना शीर्ष सैन्य अधिकारीहरूलाई बर्खास्त गरिएको छ । इजरायल रक्षा बलका प्रमुख, लेफ्टिनेन्ट जनरल इयाल जामिरले…

वाशिंगटन, डीसीमा भएको गोलीकाण्डपछि, अमेरिकाले अफगानी नागरिकहरूबाट प्राप्त सबै आप्रवासन अनुरोधहरू प्रशोधन गर्न निलम्बन गरेको छ। ह्वाइट हाउस नजिकै भएको…

प्रतिकृयाहरू
...