Saturday 10th January 2026

एसईई परिक्षा २०७४ को परिक्षाफल आज प्रकाशित हुँदै


राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा लिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा शनिबार प्रकाशित गर्न लागेको छ ।

परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले सम्पूर्ण तयारी सकिएकाले शनिबार ४ बजेसम्म नतिजा सार्वजनिक गर्न लागेको जानकारी दिए।

शनिबार दिउँसो ३ बजे नतिजा प्रकाशनका लागि बोर्ड बैठक डाकिएको छ। ४ बजे पत्रकार सम्मेलन राखिएको छ।
नतिजा सार्वजनिक गरेसँगै त्यसलाई काठमाडौं वर्ल्ड स्कुलसँगको सहकार्यमा ईकान्तिपुर डटकमले आफ्नो साइटमा प्रकाशित गर्ने छ।नतिजा हेर्नका लागिरिजल्टस् डट ईकान्तिपुर डटकममा लगइन गर्नुका साथै रिजल्टस् र सिम्बल नम्बर लेखेर ३५००१ मा एसएमएस गरेर प्राप्त गर्न सकिने छ।
गतवर्षकाे एसईई परीक्षामा ७७ वटै जिल्लाका एक हजार ९ सय ५६ केन्द्रमा ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थी सहभागी भएका थिए। नियमित तर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेड तर्फ २४ हजार ७१ परीक्षार्थी थिए।
– कान्तिपुर

सम्बन्धित शीर्षकहरु

इरानमा बुधबार भएको विरोध प्रदर्शन एघारौं दिनमा प्रवेश गरेको छ र इजरायलको लागि जासुसी गरेको आरोपमा एक जनालाई मृत्युदण्ड दिइएको…

इजरायलले पश्चिम किनारमा प्यालेस्टिनीहरूका लागि चौथो पुस्ता (४जी) मोबाइल सेवाहरूको स्तरोन्नतिलाई अनुमोदन गरेको इजरायली सञ्चार मन्त्रालयले मंगलबार जनाएको छ। मन्त्रालयले…

अमेरिकी सेनाले काराकासको एक परिसरबाट निकोलस मादुरो र उनकी श्रीमतीलाई लगेको ४८ घण्टा नबित्दै, भेनेजुएलाका नेता न्यूयोर्कको अदालतमा उभिए र…

प्रतिकृयाहरू
...