Monday 30th March 2026

सानु लामाकाे गजल – नगराैं कहिले भेदभाव


जात, पात नसाेध हामी नेपालिकाे जात हुदैन

हसिया, खुर्पा बनाउदैमा काेहि बिश्वकर्मा हुदैन ।

अाखिर काटे रतग सबैकाे एउटै हुन्छ मानव हाे

कसैकाे सेताे कसैकाे राताे अाखिर पक्कै हुदैन ।

सधै सोचौं सकारात्मक मन र उच्च बिचारहरूले

लुगा – कपडा सिलाउदैमा कोहि – कसै परियार हुदैन ।

नगर्नु कहिले भेदभाव अाखिर एक दिन मरेर जानू छ

कर्मकाे फल सबैले भाेग्छ काेहि क्षेत्री, ब्राह्मण हुदैन ।

मानिसकाे चाेला दुई दिन हो किन गर्छन भेदभाव

अारानमा बसेर घन चलाउदैमा सबै विश्वकर्मा हुदैन ।

जात,पात नसाेध हामी नेपालीकाे जात हुदैन

हसिया, खुर्पा बनाउदैमा काेहि विश्वकर्मा हुदैन ।।

सानु लामा

बर्दिया

हाल – मरुभूमि कुवेत


सम्बन्धित शीर्षकहरु

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

प्रतिकृयाहरू
...