Wednesday 1st April 2026

कुवेतमा फेरी एक नेपालीको हृदयघातबाट मृत्यु


बसन्त थापा- बैदेशिक रोजगारीको शिलशिलामा कुवैत आएका तनहु जिल्ला फिरफिरे गाउपालिका-३ घडेरीगाउ घर भएका अन्दाजी ४३ वर्षका खुम बहादुर गुरुङको उपचारका क्रममा कुवैत स्थित फर्वानिया अस्पतालमा मृत्यु भएको छ ।

गत जुन २० गते बुधवारको दिन आफुलाई असहज भएको र उक्त समयमा उपचारको लागि फर्वानिया अस्पतालमा मृतकका भाइले लिएर गएका थिए। बिहिवार बिहान २ बजे हृदयघातका कारण गुरुङको मृत्यु भएको मृतकका भाइ कुमान सिङ्ग गुरुङले तितोपाती डट कम लाइ जानकारी दिएका छन।

खुम बहादुरको घरमा श्रीमती र दुइ छोरी रहेका छन ।

१७ वर्ष पहिला कुवैत छिरेर इस्टा मसाज सेन्टर, सैलुन रिगाईमा कार्यरत मृतक खुम बहादुर सदाको लागि अस्ताएका छन।

खुम बहादुर १६ महिना पहिला मात्र छुट्टि गएर आएका थिए।मृतकको शबलाई कुवेत सिटी स्थित फर्वानिया अस्पतालमा राखिएको, लुम्बिनी सेवा समाजका अध्यक्ष रुपेन्द्र बिक्रम हमालले बताए ।


सम्बन्धित शीर्षकहरु

सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक…

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

प्रतिकृयाहरू
...