Thursday 12th March 2026

क्रोयसियसँग अर्जेन्टिना फितलो, खायो ३ गोल


तितोपाटी -रसियामा जारी विश्वकप फुटबल अन्तर्गत गयराती भएको खेलमा अर्जेन्टिना क्रोयसियासँग नराम्रो हार बेहोर्न बाध्य भएको छ । समूहको दोश्रो खेलमा अर्जेन्टिना क्रोयसियासँग ३-० ले हार बेहोर्न बाध्य भएको हो ।

यो हारसँगै अर्जेन्टिनाको अघिल्लो चरण प्रवेशको संभावना न्यून भएको छ । पहिलो खेलमा आइसल्याण्डसँग १-१ को बरारी खेलेको अर्जेन्टिना क्रोयासियासँग ३-0 ले पराजित भएको हो । अर्जेन्टिनाका गोल रक्षकको कमजोरीको फाइदा उठाउँदै पहिलो र तेश्रो गोल गरेको क्रोयसियाले दोश्रो गोल डिफेन्डरको कमजोरिको फाइदा उठायो ।

दोश्रो हाफको ५३ औं मिनेटमा एन्टे रेविचले गोल गर्दै क्रोयसियालाई अग्रता दिलाए । लुका मड्रिचले ८० औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे । ९१ औं मिनेटमा इभान राकिटिचले गोल गर्दै फराकिलो जीत दर्ता गरे । पहिलो हाफ गोलरहित बराबरी भए पनि दोश्रो हाफको सूरुमै क्रोयसियाले अग्रता बनायो ।

यो समूहबाट क्रोयसिया अघिल्लो चरण प्रवेश गरेको छ भने, आइसल्याण्डको एक खेलबाट एक अंक छ । उसले शुक्रबार नाइजेरियासँग खेल्दैछ ।

यो खेल जितेर आइसल्याण्डले क्रोयसियासँग बराबरी गरेपनि अघिल्लो चरण जाने छ । र हारे पनि उसको अघिल्ले चरणको संभवना कायमै हुने छ । तर यो अवस्थामा अर्जेन्टिनाले भने अघिल्लो चरणका लागि आइसल्याण्ड हारे पनि फराकिलो गोलअन्तरले पराजित गर्नु पर्ने छ । समूहको अन्तिम खेलमा अर्जेन्टिनाले नाइजेरिया तथा क्रोयसियाले आइसल्याण्डसँग खेल्दै छन् ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वमा बढ्दो सैन्य तनावले अब केवल सैन्य शक्ति वा तेलको राजनीतिमा मात्र सीमित रहने संकेत देखिदैन। पछिल्ला घटनाक्रमले यो द्वन्द्व…

भारतको सर्वोच्च अदालतले पहिलोपटक इच्छा मृत्युको अनुमति दिने ऐतिहासिक फैसला सुनाएको छ । अदालतले गाजियाबाद घर भइ १३ वर्षदेखि अचेत…

सम्पादकीय तितोपाटी डटकम आजको नेपाली राजनीतिमा नागरिकहरू केवल दर्शक मात्र होइनन्, प्रश्न गर्ने सचेत शक्ति बनेका छन्। विशेषगरी पछिल्ला वर्षहरूमा…

प्रतिकृयाहरू
...