Thursday 12th February 2026

युएइमा अगष्ट १ देखि ३ महिने अाममाफी


तितोपाटी – युएईले गरैकानुनी रुपमा बसिरहेका विदेशी नागरिकलाई तीन महिनाको आममाफीको समय दिएको छ ।

गैरकानुनी हैसियतले युएईमा रहेका नेपालीसहित विदेशी कामदारले अब तोकिएको शुल्क तिरेर बैधानिक बन्न पाउने छन् र स्वेच्छाले स्वदेश फर्किन चाहनेका लागि कुनै शुल्क र जरिवाना नलाग्ने युएईले जनाएको छ ।

आममाफी सम्बन्धी सर्वजनिक चासो सुनुवाइका लागि टोल फ्रि नम्बर राखिने र त्यही नम्बरमा फोन गरेर यसको प्रक्रियाका बारेमा बुझ्न सकिने गल्फ न्युजले जनाएको छ ।

आमामाफीको समय आउने अगष्ट १ देखि सुरु हुनेछ । ‘प्रोटेक्ट योरसेल्फ, भिसा रेक्टिफाइङ योर स्ट्याटस’ कार्यक्रम चाँडै ल्याउने पनि युएईले जनाएको छ ।

युएईको मन्त्रीपरिषदका निणर्यलाई कार्यान्वयन गर्दै युएईले गैरकानुनी रुपमा रहेका विदेशी नागरिकका लागि आममाफीको अवसर ल्याएको हो । गएको हप्ता युएईको मन्त्री परिषदले श्रम नियममा भएको सुधारलाई अनुमोदन गरेको थियो ।

जस अन्तर्गत युएईमा भिसा अवधिभन्दा धेरै बसेकाहरुले काम खोज्नका लागि ६ महिनाको समय पाउने, स्वेच्छले स्वदेश फर्किन चाहेमा युएईले ‘नो इन्ट्री छाप’ बिनै स्वदेश फर्कने अवसर दिने, ४८ घण्टासम्मको ट्रान्जिट भिसामा शुल्क नलाग्ने कुरा समावेश थिए ।

यसअघि युएईले गरैकानुनी रुपमा बस्ने विदेशी नागरिकलाई सन् २०१३ मा पनि दुई महिनाको आममाफी दिएको थियो । दुई महिनाको अवधिमा झण्डै ६२ हजार जनाले फाइदा लिएको गल्फ न्युजले उल्लेख गरेको छ ।


सम्बन्धित शीर्षकहरु

क्यान्सर रोगबाट पीडित हल्दिबारी गाउँपालिका वडा नं. ४ निवासी प्रेम कुमारी लिम्बुको उपचार सहयोगार्थ विभिन्न व्यक्ति तथा संस्थाको पहलमा आर्थिक…

निर्वाचन आयोगले आचारसंहिता लागू भइसकेपछि कुनै पनि राजनीतिक दलले “मतदाता प्रभावित पार्ने भड्किलो प्रचार वा शक्ति प्रदर्शन” गर्न नपाउने जनाएको…

-नारायण कोइराला मन्दिर भित्र पस्दैथिएँ।एक्कासी मन्दिरको पर्खाल भत्कियो। मन्दिरभित्रका देउतामा डर,त्रास केही देखिनँ। पर्खालका ढुंगा आपसमा ठोकिएर फुटे। जताततै छितारिए।…

प्रतिकृयाहरू
...