Wednesday 4th March 2026

अमेजनका मालिक जेफ बेजोस विश्वका सबैभन्दा धनि


तितोपाटी – अनलाइन सपिङ साइट अमेजनका स‌ंस्थापक तथा सीईओ जेफ बेजोस विश्वकै सबैभन्दा धनी व्यक्तिको सूचीमा फेरि दरिएका छन् । अमेरिकाको चर्चित म्यागेजिन फोर्ब्सका अनुसार उनी १४१.९ बिलियन अमेरिकी डलर सम्पत्तिसहित विश्वकै धनी व्यक्तिको सूचीमा रहेका हुन् ।

फोर्ब्सले सोमबार अपडेट गरेको अर्बपतिहरुको सूचीको पहिलो नम्बरमा रहेका उनले बिल गेट्स र वारेन बफेटलाई धेरै पछि पारेका हुन् । गत जुन १ देखि बेजोसको आम्दानी ५ बिलियन अमेरिकी डलर भन्दा धेरैका दरले बढेपछि माइक्रोसफ्टका स‌ंस्थापक बिल गेट्सलाई उछिनेका हुन् ।

माइक्रोसफ्ट कर्पोरेसनका मालिक बिल गेट्स ९२.९ बिलियन अमेरिकी डलरसहित विश्वकै दोस्रो खर्बपतिको सूचीमा उभिएका छन् । त्यसैगरी अर्का अमेरिकन व्यापारी तथा लगानीकर्ता वारेन बफेट ८२.२ अमेरिकी डलर बिलियन सम्पत्तिसहित विश्वको तेस्रो धनीको सूचीमा दरिएका छन् ।

बेजोस यसअघि पनि विश्वको धनी सूचीमा आएका थिए । बेजोसको कम्पनी अमजेन प्रविधि कम्पनी एप्पलपछि विश्वकै दोस्रो मूल्यवान कम्पनी भएको थियो ।


सम्बन्धित शीर्षकहरु

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

चीनका विदेशमन्त्री वाङ यीले सोमबार आफ्नो इरानी समकक्षीलाई फोनमा भने कि मध्यपूर्वमा युद्ध फैलिँदै गर्दा बेइजिङले अमेरिका-इजरायली आक्रमणहरू विरुद्ध आफ्नो…

मध्यपूर्वमा बढ्दो क्षेत्रीय तनावका बीच शेख फहाद अल-युसुफ अल-सबाह ले कुवेतका सबै सुरक्षा र सैन्य निकायहरूलाई उच्च सतर्कतामा परिचालन गरिएको…

प्रतिकृयाहरू
...