Thursday 22nd January 2026

अमेजनका मालिक जेफ बेजोस विश्वका सबैभन्दा धनि


तितोपाटी – अनलाइन सपिङ साइट अमेजनका स‌ंस्थापक तथा सीईओ जेफ बेजोस विश्वकै सबैभन्दा धनी व्यक्तिको सूचीमा फेरि दरिएका छन् । अमेरिकाको चर्चित म्यागेजिन फोर्ब्सका अनुसार उनी १४१.९ बिलियन अमेरिकी डलर सम्पत्तिसहित विश्वकै धनी व्यक्तिको सूचीमा रहेका हुन् ।

फोर्ब्सले सोमबार अपडेट गरेको अर्बपतिहरुको सूचीको पहिलो नम्बरमा रहेका उनले बिल गेट्स र वारेन बफेटलाई धेरै पछि पारेका हुन् । गत जुन १ देखि बेजोसको आम्दानी ५ बिलियन अमेरिकी डलर भन्दा धेरैका दरले बढेपछि माइक्रोसफ्टका स‌ंस्थापक बिल गेट्सलाई उछिनेका हुन् ।

माइक्रोसफ्ट कर्पोरेसनका मालिक बिल गेट्स ९२.९ बिलियन अमेरिकी डलरसहित विश्वकै दोस्रो खर्बपतिको सूचीमा उभिएका छन् । त्यसैगरी अर्का अमेरिकन व्यापारी तथा लगानीकर्ता वारेन बफेट ८२.२ अमेरिकी डलर बिलियन सम्पत्तिसहित विश्वको तेस्रो धनीको सूचीमा दरिएका छन् ।

बेजोस यसअघि पनि विश्वको धनी सूचीमा आएका थिए । बेजोसको कम्पनी अमजेन प्रविधि कम्पनी एप्पलपछि विश्वकै दोस्रो मूल्यवान कम्पनी भएको थियो ।


सम्बन्धित शीर्षकहरु

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

प्रतिकृयाहरू
...