Wednesday 11th March 2026

महिला सशक्तिकरणको लागि हस्तमैथुन !


तितोपाटी – सुन्दा अचम्म लाग्छ तर बलिउड फिल्म ‘वीरे दि वेडिङ’ को हस्तमैथुन दृष्यबाट नायिका स्वरा भास्कर तीव्र विवादमा अाएर सामाजिक सञ्जालमा निकै ट्रोल गरिए पछि अहिले उनले यो दृष्यका बारेमा बिस्तारमा कुरा गर्दै ‘महिला सशक्तिकरणका लागि हस्तमैथुन’ को दृष्य राखिएको बताएकी छन् ।

एक अन्तरवार्तामा उनले बताए अनुसार यो सिन बैंककमा सुटिङ भएको थियो । सुटिङ अगाडि उनी निकै नर्भस थिइन् । उनले निर्देशकलाई यो सिन सकभर भल्गर नबनाउन आग्रह गरेकी थिइन् । निर्देशकले पनि यो सिनलाई फन्नी स्टाइलमा देखाइने विश्वास दिलाएका थिए ।

यो सिन गरेपछि आफूलाई लाज लागेको स्वराले बताएकी छन् । सुटिङ गर्दा फिल्मकी निर्मात्री रिया कपुर उपस्थित थिइनन् । स्वराले उनलाई म्यासेज गरेर राम्ररी सुटिङ गरेको जानकारी गराएकी थिइन् ।

‘वीरे दि वेडिङ’ व्यवसायिक रुपमा सफल भयो । तर, फिल्मको आलोचना पनि खुबै भयो । आफूले दिएको हस्तमैथुन सिनको बचाउ गर्दै स्वराले यसलाई महिला शशक्तिकरणसँग जोडेकी छन् ।

‘हाम्रो समाजका महिलाहरु यौनजन्य कुरामा अझै पनि कुन्ठित छन्, त्यसैले उनीहरुलाई शशक्तिकरण गर्न यो दृष्य समावेश गरेका हौं,’ उनले भनिन् ।


सम्बन्धित शीर्षकहरु

इरानका पाँच महिला खेलाडीहरूले अष्ट्रेलियामा शरण माग्नु र पाउनु केवल खेलकुदको समाचार मात्र होइन, यो मानव स्वतन्त्रता र व्यक्तिगत अधिकारसँग…

कुवेतमा रहेको सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि राजधानीको वित्तीय क्षेत्रमा ठूलो असर परेको छ। इरानी ड्रोन आक्रमण भएको भनिएको घटनापछि…

इरानका राष्ट्रपति Masoud Pezeshkian ले शनिबार आफ्नो देशले कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने बताएका छन्। इजरायलसँग जारी आक्रमण–प्रतिआक्रमणका बीच उनले…

प्रतिकृयाहरू
...