Thursday 2nd April 2026

माैसमको जानकारीको लागि काठमाण्डुको अाकाशमा पनि बेलुन


तितोपाटी – जमिन भन्दा माथिल्लो तह (वायुमण्डल) को मौसमी सूचना अब बेलुनले बताउने छ । मौसमको यथार्थ सूचना अध्यावधिक गर्दै सरोकारवाला सहित आम नेपालीलाई थाहा दिन नेपाली आकाशमा बेलुन उड्ने भएको हो ।

आज बुधवारदेखि हरेक दिन विहान काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरबाट बेलुन उड्दैछ । वायुको चाप, दिशा र गति, तापक्रम, बादलको अवस्था, जलवाष्पयुक्त हावा जस्ता पक्षको यथार्थ सूचना अद्यावधिक गर्न हरेक दिन विहान ५ बजेर ४५ मिनेट भित्रैमा बेलुन उड्ने छ । बेलुनसँगै जडान गरिने विशेष प्रकारको उपकरण ‘रेडियोसोन्ड’ले यस्तो सूचना संकलनमा सघाउने छ ।


सम्बन्धित शीर्षकहरु

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक…

प्रतिकृयाहरू
...