Thursday 2nd January 2025

विश्वकपमा अाज जापानले कोलम्बियालार्इ हरायो


तितोपाटी – रुसमा भइरहेको फिफा विश्वकप प्रतियोगितामा मंगलवारको खेलमा जापानले कोलम्बियालाई एकका विरुद्ध दुई गोलले पराजित गरेको छ।

जापानको आश्चर्यजनक जित भनिएको उक्त खेलमा दक्षिण अमेरिकी राष्ट्र कोलम्बियाको टोलीका एक जना खेलाडी खेल सुरु भएको तीन मिनेटमा नै रातो कार्ड पाएर बाहिरिएका थिए।

ह्याण्डबल गरेका कारण कार्लोस सान्चेजलाई मैदान बाहिर पठाइएको थियो, जुन यस पालिको प्रतियोगिताको पहिलो रातो कार्ड हो।

म्यानचेस्टर युनाइटेड क्लबका भूतपूर्व खेलाडी कागावाले पेनाल्टी पाएको बललाई गोलमा परिणत गरेर टोलीलाई अग्रता प्रदान गरेका थिए।

कोलम्बियाका किन्टेरोले आफ्नो टोलीलाई प्राप्त फ्री-किकबाट चलाखीपूर्ण तरिकाले गोल गरेर खेल बराबरीमा ल्याएका थिए।

तर ओसाकोले टाउकोले प्रहार गरेर गरेको गोल नै जापानको जितको निर्णायक बन्न पुग्यो।

जापान र कोलम्बियाबीच रुसको सारान्स्कमा भएको उक्त खेल हेर्न जापानकी राजकुमारी टाकामाडो पनि उपस्थित थिइन्।

एक शताब्दीको अवधिमा रुसको भ्रमण गर्ने जापानी राजपरिवारकी उनी पहिलो सदस्य हुन्।


सम्बन्धित शीर्षकहरु

अमेरिकाले सोमबार र मङ्गलबार साना र यमनको तटीय क्षेत्रमा हुथी नियन्त्रित क्षेत्रमा धेरै लक्ष्यहरू प्रहार गरेको अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम)…

प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर…

भारतले उन्नत प्राविधिक उपलब्धि हासिल गर्ने चौथो देश बन्ने प्रयासमा भारतीय निर्मित रकेटमा आफ्नो पहिलो अन्तरिक्ष डकिङ मिशन सुरु गरेको…

प्रतिकृयाहरू
...