Saturday 21st March 2026

वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको निधन


तितोपाटी – वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको निधन भएको छ । पित्तथैलीको क्यान्सरबाट पीडित देवकोटाको आज साँझ बाँसबारीस्थित न्युरो अस्पतालमा ५ बजेर ३५ मिनेटमा निधन भएको हो ।

लामो समय बेलायतको किङस कलेज हस्पिटलमा उपचार गराए पनि निको नहुने निश्चित भएपछि डा. देवकोटा आफ्नै देशमा प्राण त्याग गर्ने भन्दै बैशाख १५ गते नेपाल फर्किनु भएको थियो ।

२०१० साल पुस ४ गते गोरखाको पण्डितगाउँमा जन्मिनुभएका डा. देवकोटाले चिकित्सा क्षेत्रमा ३४ वर्ष बिताउनु भएको थियो । श्रद्धाञ्जली अर्पणका लागि डा. देवकोटाको पार्थिक शरीर भोलि विहान ८ बजेदेखि दिउँसो एक बजेसम्म बासबारीस्थित न्यूरो अस्पतालको प्राङ्गणमा राखिने अस्पताले जनाएको छ ।

त्यसपछि विद्युतीय माध्यमबाट दाहसंस्कार गरिने बताइएको छ । डा. देवकोटाको श्रीमति र तीन छोरी छन् । डा. देवकोटाले वीर अस्पतालबाट मुलुकमा स्नायु शल्य चिकित्साको विस्तार गर्नुभएको थियो ।

वीर अस्पतालमा न्यूरो सर्जरी विभाग स्थापना गर्नुभएका उहाँले आफू स्वास्थ्य मन्त्री हुँदा वीर अस्पताललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा रुपान्तरण गर्नुभएको थियो । देवकोटाले सात महिना स्वास्थ्य मन्त्रीको जिम्मेवारी पनि सम्हाल्नु भएको थियो ।


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...