Thursday 12th March 2026

क्रिस्टियानो रोनाल्डोको विश्वकप फुटवल २०१८ मा पहिलो ह्याट्रिक


तितोपाटी-क्रिस्टियानो रोनाल्डो सन् २०१८ को विश्वकप फुटवलमा पहिलो ह्याट्रिक गर्ने खेलाडी बन्दा समूह बीमा पोर्चुगल र स्पेनको खेल बराबरीमा सकिएको छ । शुक्रबार राति भएको खेलमा दुबै टिमले ३-३ गोल गरेर अंक बाँडेका हुन् ।पोर्चुगलका तर्फबाट तीनवटै गोल रोनाल्डोले गरे भने स्पेनका लागि डिएगो कोस्टाले २ र नाचोले १ गोल गरे ।

खेलको चौथो मिनेटमा नै रोनाल्डोले पेनाल्टीमार्फत पोर्चुगललाई अग्रता दिलाएका थिए  । स्पेनका खेलाडी नाचोले डी एरियाभित्र रोनाल्डोलाई लडाएपछि प्राप्त पेनाल्टी उनै रोनाल्डोले सदुपयोग गरे । त्यसको २० मिनेटपछि डिएगो कोस्टाले गोल गर्दै खेल बराबरीमा ल्याए ।

तर ४४ औं मिनेटमा पुन रोनाल्डोले गोल गर्दै पहिलो हाफमा पोर्चुगललाई २-१ को अवस्थामा पुर्‍याए ।

खेलको ५५ औं मिनेटमा कोस्टाले व्यक्तिगत दोस्रो गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसको ३ मिनेटपछि नै नाचोले गोल गरेपछि स्पेन ३-२ को अवस्थामा पुग्यो ।

तर खेलको अन्तिम तीन मिनेट सम्हालिन नसक्दा स्पेन अंक बाँड्न बाध्य भयो । डी एरियाबाहिर रोनाल्डोलाई स्पेनी खेलाडीले लडाएपछि पाएकोव फ्रीकिकमा उनै रोनाल्डोले व्यक्तिगत तेस्रो गोल गरे र स्पेनसँग अंक खोस्न सफल भए ।खेलपछि स्पेन र पोर्चुगल दुबैले १/१ अंक जोडेका छन् ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वमा बढ्दो सैन्य तनावले अब केवल सैन्य शक्ति वा तेलको राजनीतिमा मात्र सीमित रहने संकेत देखिदैन। पछिल्ला घटनाक्रमले यो द्वन्द्व…

भारतको सर्वोच्च अदालतले पहिलोपटक इच्छा मृत्युको अनुमति दिने ऐतिहासिक फैसला सुनाएको छ । अदालतले गाजियाबाद घर भइ १३ वर्षदेखि अचेत…

सम्पादकीय तितोपाटी डटकम आजको नेपाली राजनीतिमा नागरिकहरू केवल दर्शक मात्र होइनन्, प्रश्न गर्ने सचेत शक्ति बनेका छन्। विशेषगरी पछिल्ला वर्षहरूमा…

प्रतिकृयाहरू
...