Monday 13th April 2026

सस्तोमा जग्गा नबेच्दा महिलालाई कुटियो


दाङ – चल्तीको भाऊ भन्दा सस्तो मूल्यमा जग्गा दिन नमानेको भन्दै दाङमा एक महिलालाई निर्घात कुटिएको छ । अर्घाखाँचीको शितगङ्गा नगरपलिका–ठाड खोलाकी ३९ वर्षीया दिलमाया पुनलाई राप्ती गाउँपालिका–१ का रेखा गुप्ता र अनिता गुप्ताले शुक्रबार भालुवाङ बजारमा नाङ्गै बनाएर कुटपिट गरेका हुन् ।

राप्ती गाउँपालिका–१ पूरानो भालुबाङ बजारमा दिलमायाको घडेरी छ । अर्घाखाँचीबाट आफ्नो घडेरी रेखदेख गर्न दाङ आएकी दिलमायालाई घडेरीसँगैका रेखा र अनिताले ५० हजारमा घडेरी दिन दबाब दिँदै आएको दिलमायाले बताइन् । सस्तोमा जग्गा दिन्न भन्दा कपडा खोलेर नाङ्गै बनाएर मरणासन्न हुनेगरी कुटपिट गरिएको उनले बताइन् ।

लाखौं मूल्य बराबरको घडेरी सस्तोमा दिन नमानेपछि उनीहरुले आफूलाई लछारपछार गर्दै सडकमा ल्याएर कपडा च्यातिदिएर कुटपिट गरेको पीडित दिलमायाले बताइन् । पीडितलाई छिमेकी रेखा र अनिताले कुटपिट गरेको भिडियो भालुबाङका एक बालकले मोबाइलमा कैद गरी सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि घटना बाहिर आएको हो ।

-नयाँपेजबाट


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...