Friday 9th January 2026

दर्शन ठकुरी समाज कुवेतद्वारा क्यान्सर पीडित एन्जिला शाहलाई आर्थिक सहयोग


तीतोपाटी डटकम  -क्यान्सर पिडित एन्जिला शाहलाइ दर्शन ठकुरि समाज कुवेतले आर्थिक सहयोग गरेको छ । समाजका सल्लाकार तथा सहयोग अभियानका संयोजक रुपेन हमालको अग्रसरतामा संकलित रक़म रु, १,०६,८००/- ( एकलाख छ हजार आठ सय ) सहयोग गरिएको हो ।

समाजका संरक्षक डम्बर जंग मल्ल साथै ठकुरी सहयोग संजालका अध्यक्ष राजा रेशम जुङ्ग शाहले आजै एन्जिलाका बुबा ओम विक्रम शाहलाई उक्त सहयोग रक़म हस्तान्तरण गरेको समाजका महासचिव राज मल्लले जानकारी दिएका छन ।

बर्दिया स्थाई घर भएकी पाठेघरको क्यान्सरबाट पिडित १५ वर्षे बालिका एन्जिला शाह हाल शिबिल हस्पिटल नया बानेश्वर काठमाण्डौ उपचारर्थ छिन । एन्जिला सहयोग अभियान सहयोग गर्नुहुने सबैलाइ विषेश धन्यबाद दिदै समाजका अध्यक्ष एल. बि हमालले प्रवासबाटै भएपनि सहयोग अभियानलाइ निरन्तरता दिदै जाने बताएका छन ।


सम्बन्धित शीर्षकहरु

इरानमा बुधबार भएको विरोध प्रदर्शन एघारौं दिनमा प्रवेश गरेको छ र इजरायलको लागि जासुसी गरेको आरोपमा एक जनालाई मृत्युदण्ड दिइएको…

इजरायलले पश्चिम किनारमा प्यालेस्टिनीहरूका लागि चौथो पुस्ता (४जी) मोबाइल सेवाहरूको स्तरोन्नतिलाई अनुमोदन गरेको इजरायली सञ्चार मन्त्रालयले मंगलबार जनाएको छ। मन्त्रालयले…

अमेरिकी सेनाले काराकासको एक परिसरबाट निकोलस मादुरो र उनकी श्रीमतीलाई लगेको ४८ घण्टा नबित्दै, भेनेजुएलाका नेता न्यूयोर्कको अदालतमा उभिए र…

प्रतिकृयाहरू
...