Saturday 31st January 2026

कोरियन भाषा परीक्षाः ४७ नक्कली विद्यार्थी पक्राउ


तिताेपाटी डट कम –महानगरीय प्रहरी परिसर काठमाडौँले नवौँ कोरियन भाषा परीक्षा दिने ४७ नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ ।

परिसरअन्तर्गतका विभिन्न वृत्त तथा प्रभागको टोलीले काठमाडौँका विभिन्न परीक्षा केन्द्रबाट उनीहरुलाई शनिबार दिउँसो नियन्त्रणमा लिएको हो ।

परिसरका प्रवक्ता मोहनकुमार थापाले सातवटा परीक्षा केन्द्रमा अर्को व्यक्तिको परीक्षा दिन राहदानी र प्रवेशपत्रसमेत लिई परीक्षा दिइरहेको अवस्थामा जाँच गर्दा नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको जानकारी दिए ।

तीमध्ये जेभियर इन्टरनेशनल स्कुल, बौद्धबाट १३ जना, गोल्डेनगेट इन्टरनेशनल कलेज बत्तीसपुतलीबाट एक, भिएस निकेतन तीनकुनेबाट ११, नोवेल एकेडेमी नयाँ बानेश्वरबाट पाँच, युनिभर्सल कलेज, मैतीदेवीबाट पाँच, जेभियर इन्टरनेशनल कलेज, कालोपुलबाट चार र टाइम्स इन्टरनेशनल कलेज डिल्लीबजारबाट आठजनालाई नियन्त्रणमा लिइएको परिसरले जनाएको छ ।

– राताेपाटी

 


सम्बन्धित शीर्षकहरु

भेनेजुएलाले आफ्नो तेल क्षेत्रमाथिको दशकौँ पुरानो राज्य नियन्त्रण हटाउने विधेयक पारित गर्नु केवल नीतिगत सुधार मात्र होइन, यो देशको आर्थिक,…

बेलायती प्रधानमन्त्री केयर स्टारमर र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीचको हालैको भेट केवल कूटनीतिक औपचारिकता मात्र होइन, तर परिवर्तनशील विश्वव्यापी…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई उसको आणविक कार्यक्रमबारे वार्ताका लागि समय सकिँदै गएको भन्दै कडा चेतावनी दिएका छन्। यो चेतावनी…

प्रतिकृयाहरू
...