Saturday 31st January 2026

टिचिङ हस्पिटलको कर्मचारी लकरमा पेस्तोल र ३ राउण्ड गोली !


त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जको रेडियोलोजी डिपार्टमेन्टको लकरबाट प्रहरीले एक थान कटुवा पेस्तोल र ३ राउण्ड गोली बरामद गरेको छ ।

काठमाडौं प्रहरी परिसरको टोलीले अस्पतालको रेडियोलोजी शाखाका कर्मचारीको लकरबाट पेस्ताल र गोली बरामद गरेको हो ।

यद्यपि, पेस्तोल र गोली कसले त्यहाँ राख्यो भने खुलिसकेको छैन ।

‘त्यहाँका स्टाफहरुले प्रयोग गर्ने लकर मध्येको एउटा धेरै समयदेखि नखुलेपछि प्रशासनले सूचना समेत जारी गरेको रहेछ’, परिसरका डिएसपी मोहन थापाले  भने, ‘जसजसको लकर हो, उनीहरुको नाम लेख्न लगाइएको थियो । तर, कसैले त्यहाँ आफ्नो नाम नलेखेपछि प्रहरीसम्म कुरा पुगेको थियो । र, खोल्दा पेस्तोल भेटिएको हो ।’

स्रोतका अनुसार त्यहाँ कसले सामान राखेको थियो भन्ने रेकर्ड अस्पताल प्रशासनसँग पनि छैन । प्रहरीले भने लकर कसले प्रयोग गरेको थियो भन्नेतिर अनुसन्धान थालेको छ ।


सम्बन्धित शीर्षकहरु

भेनेजुएलाले आफ्नो तेल क्षेत्रमाथिको दशकौँ पुरानो राज्य नियन्त्रण हटाउने विधेयक पारित गर्नु केवल नीतिगत सुधार मात्र होइन, यो देशको आर्थिक,…

बेलायती प्रधानमन्त्री केयर स्टारमर र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीचको हालैको भेट केवल कूटनीतिक औपचारिकता मात्र होइन, तर परिवर्तनशील विश्वव्यापी…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई उसको आणविक कार्यक्रमबारे वार्ताका लागि समय सकिँदै गएको भन्दै कडा चेतावनी दिएका छन्। यो चेतावनी…

प्रतिकृयाहरू
...