Monday 13th April 2026

विश्वकपको पुर्वार्धमा भएको मैत्रीपुर्ण फुटवल खेलमा अष्ट्रियासँग जर्मनी पराजित


तितोपाटी – विश्वकपको उपाधि दावेदार जर्मनी मैत्रीपूर्ण खेलमा पराजित भएको छ । अभ्यास खेलमा जर्मनीलाई अस्ट्रियाले २-१ ले हराएको हो ।

खेलमा शुरुमा अग्रता भने जर्मनीले लिएको थियो । ११ औं मिनेटमा ओजिलको गोलबाट जर्मनीले लिएको अग्रता दोस्रो हाफमा टिक्न सकेन ।

५३ औं मिनेटमा अस्ट्रियाका मार्टिनले बराबरी गोल फर्काए । अस्ट्रिया यत्तिकैमा रोकिएन । उसले ६९ औं मिनेटमा अर्को गोल पनि थप्यो । दोस्रो गोल अस्ट्रियाका लागि एलेसान्ड्रोले गरेका हुन् । त्यसपछि विश्व विजेता जर्मनी खेलमा फर्किन सकेन र २-१ को हार व्यहोर्न बाध्य भयो ।

जर्मनी विश्वकपको चार वर्ष अघिको विजेता हो । उ सन् २०१८ मा हुन लागेको विश्वकपमा समूह एफमा छ । यो समूहमा दक्षिण कोरिया, स्वीडेन र मेक्सिको पनि छन् ।

रुसमा आयोजना हुने विश्वकप फुटबल सुरु हुन अब ११ दिन बाँकी छ ।


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...