Wednesday 11th February 2026

अष्ट्रेलियामा ग्राहकको हत्या गर्ने नेपाली सेफलार्इ २३ वर्ष जेल सजायको फैसला


तितोपाटी डट कम – अष्ट्रेलियाको भिक्टोरियामा ग्राहकको हत्या गरेको आरोपमा पक्राउ परेका एक नेपाली सेफलाई २३ वर्षको जेल सजाय सुनाइएको छ ।

भिक्टोरियास्थित बालारात करी रेष्टुरेन्टमा कार्यरत नेपाली सेफ हरिप्रसाद ढकालले सन् २०१६ अक्टोबर २५ मा रक्सीले मातेर रेष्टुरेन्टमा होहल्ला गर्ने एक पाकिस्तानी ग्राहकलाई चक्कु प्रहार गरी हत्या गरेको ठहर भएको छ ।

ढकाल अष्ट्रेलियामा अवैध रुपमा बसोबास गरिरहेको समेत भेटिएकाले जेल सजाय भुक्तान गरिसकेपछि उनलाई नेपाल फिर्ता गरिने छ ।

५१ वर्षीय ढकालले पाकिस्तानी मुलका ३८ वर्षीय अब्दुल्लाह सिद्दिकीलाई चक्कु प्रहार गरेर हत्या गरेको स्वीकार गरेका छन् ।

घटनाको दिन बेलुकी पाकिस्तानी मुलका सिद्दिकी एक्लै रेष्टुरेन्टमा रक्सी पिएर बसिरहेका थिए, बेलुकी भइसकेकाले रेष्टुरेन्ट खाली थियो । उनले काउन्टरमा गएर वेट्रेससँग थप खानेकुराको अर्डर गरे ।

उनी रक्सीले होहल्ला गर्न थालिसकेका थिए त्यसैले ढकाल किचनबाट आएर उनले धेरै पिइसकेकाले थप खानेकुरा दिन नसक्ने बताए । त्यसपछि सिद्दिकी रिसाएर ढकाललाई गालीगलौज गर्दै धकेल्न थाले ।

स्थिति तनावपूर्ण भएपछि वेटे्रसले दुवैजनालाई झगडा नगर्न भनिन् तर झगडा साम्य भएन । सिद्दिकीले गालीगलौज गरिरहे त्यसले ढकाललाई रिस उठ्यो र किचनबाट चक्कु ल्याएर सिद्दिकी माथि १७ पटक प्रहार गरे ।

सिद्दिकीको हत्यापछि ढकालले रगत लत्पतिएको चक्कुलाई कपडाले बेरेर झोलामा राखी बि्रज मल हुँदै बालारात प्रहरी चौकीमा पुगी आत्मसमर्पण गरे ।

अदालतमा ढकालले आफ्नो प्रतिरक्षा गर्दा सिद्दिकीको मृत्यु हुन पुगेको बयान दिएका थिए तर, अदालतले उनलाई दोषी ठहर्याउँदै उनको दावीलाई अस्वीस्कार गरिदिएको छ ।

‘उनलाई छिटो रिस उठ्यो र उनले त्यस्तो कार्य गरे’ मुद्दाको अन्तिम सुनुवाई गरेका न्यायाधीस लेक्स लेस्रीले भने ‘यो निकै नै दुखद मुद्दा थियो, हत्या गर्नै पर्ने गरी सिद्दिकीले चुनौती दिएका थिएनन् ।’

‘एकको मृत्यको भएको छ । यी मानिसले लामो समय जेल सजाय भोग्दैछन् र त्यसपछि उनलाई उनको देश नेपाल फर्काइने छ’ न्यायाधीस लेस्रीले भने ।

ढकाललाई न्युनतम १७ वर्ष जेल सजाय दिइनेछ र सजाय अवधी सकिएपछि भने उनलाई नेपाल फिर्ता पठाइने छ ।

-अनलाइनखबरबाट


सम्बन्धित शीर्षकहरु

क्यान्सर रोगबाट पीडित हल्दिबारी गाउँपालिका वडा नं. ४ निवासी प्रेम कुमारी लिम्बुको उपचार सहयोगार्थ विभिन्न व्यक्ति तथा संस्थाको पहलमा आर्थिक…

निर्वाचन आयोगले आचारसंहिता लागू भइसकेपछि कुनै पनि राजनीतिक दलले “मतदाता प्रभावित पार्ने भड्किलो प्रचार वा शक्ति प्रदर्शन” गर्न नपाउने जनाएको…

-नारायण कोइराला मन्दिर भित्र पस्दैथिएँ।एक्कासी मन्दिरको पर्खाल भत्कियो। मन्दिरभित्रका देउतामा डर,त्रास केही देखिनँ। पर्खालका ढुंगा आपसमा ठोकिएर फुटे। जताततै छितारिए।…

प्रतिकृयाहरू
...