Saturday 31st January 2026

मानिसलार्इ सुटकेशमा राखेर मानव तस्करीको प्रयास


तितोपाटी – यूकेको डोभर बन्दरगाहमा एक जना भियतनामी किशोरलाई सुटकेशमा बन्द गरी मानवतस्करी गर्न खोजेको अभियोगमा एक जना पुरुषलाई पक्राउ गरी मुद्दा चलाइएको छ।

अन्दाजी १६ वर्षीय ती किशोरलाई जीवन सङ्कटमा पर्ने शारीरिक लक्षणहरू देखिएपछि अस्पताल लगिएको थियो।

बुधवार स्थानीय समयअनुसार रातिको साढे आठ बजे यूके बोर्डर फोर्सका अधिकारीहरूले फेला पारेका थिए।

सो घटनाका सम्बन्धमा पक्राउ परेका रुमेनियाका २० वर्षीय युवा आन्द्रेई इआन्कुलाई मानवतस्करीको प्रयास गरेको अभियोगमा मुद्दा दायर गरिएको छ।

फ्रान्सबाट यूके आइरहेका सवारीसाधनहरुलाई रोकेर खानतलास गर्ने क्रममा एउटा गाडीको डिक्कीमा रहेको बन्द सुटकेसमा ती भियतनामी किशोरलाई फेला पारिएको थियो।

केन्ट प्रहरीले तिनको अवस्थामा केही सुधार भएको बताएको छ।


सम्बन्धित शीर्षकहरु

भेनेजुएलाले आफ्नो तेल क्षेत्रमाथिको दशकौँ पुरानो राज्य नियन्त्रण हटाउने विधेयक पारित गर्नु केवल नीतिगत सुधार मात्र होइन, यो देशको आर्थिक,…

बेलायती प्रधानमन्त्री केयर स्टारमर र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीचको हालैको भेट केवल कूटनीतिक औपचारिकता मात्र होइन, तर परिवर्तनशील विश्वव्यापी…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई उसको आणविक कार्यक्रमबारे वार्ताका लागि समय सकिँदै गएको भन्दै कडा चेतावनी दिएका छन्। यो चेतावनी…

प्रतिकृयाहरू
...